अर्थ-वाणिज्य

बैज्ञानिक बन बिना दिगो विकास र समृद्धी असंभब : अध्यक्ष सेन



भगवती न्यौपाने

अर्घाखाँची १६ मंसिर ।समाजलाई विकास दिगो र समृद्ध बनाउन वैज्ञानिक वनको आबश्यक पर्ने वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्यि महासंघ नेपालका अध्यक्ष रेणु सेनले बताउनु भयो । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता प्रदेश महासंघ नेपालको अर्घाखाँची जिल्ला स्तरीय भेला कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । दिगोपन विकासले भविष्यका पुष्ताका लागि रोजगारीको अवसर सिर्जना गर्ने बताउदै यसको संरक्षण र संवर्धनमा स्थानीय उपभोक्ता नै जागरुक भई समुदायको दिगो विकासमा लाग्नुपर्ने उहाँको भनाई छ ।

बिषय बिज्ञका रुपमा बोल्दै कपिलवस्तु डिभिजन वन कार्यलयका डिभिजनल वन अधिकृत विजय राज सुवेदीले २१ औ शब्तादीको विज्ञानमा आएर वैज्ञानिक तरिकाले काम गर्दा समाजको विकास हुने बताउनु भयो । वन जिवित बस्तु भएकाले निश्चित उमेर पुगे पछि बुढो हुने, मर्ने र सकिने हुर्दा वनलाई बचाइ राख्न बुढा भएका रुखलाइ काटेर निकाल्लने निकालेका रुखलाई सदुपयोग गरि काटेको ठाउँमा नया विरुवा रोप्दा वन सधै बचिरहने उहाँले बताउनु भयो । वैज्ञानिक वनले जलवायु परिवर्ततनमा असर होईन राम्रो बताउने उहाँले तर्क गर्नु भयो ।
वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्यि महासंघ नेपालका जय प्रकास पाण्डेले कार्यक्रमको उदेश्य बारे प्रष्ट पादै केन्द्रबाट प्रदेश, प्रदेशबाट जिल्ला महासंघको गठन प्रकिया चलिरहेको बताउनु भयो ।

उहाँले उत्पादन र उत्पादकत्व सँग वैज्ञानिक वन जोडिएको बताउनु भयो । अर्घाखाँची जिल्लाको तर्फबाट बोल्दै धिरिखोला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा केन्द्रिय सदस्य नाराण पौडेलले सबै वैज्ञानिक वनहरु एक जुट भएर अगाडी बढनु पर्ने बताउदै आजको आवश्यकता वैज्ञानिक वन रहेको बताउनु भएको थियो प्रदेश महासंघ नेपालका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता,रिपाह सामुदायिक वन उपभोक्ता समुहका कोपाध्यक्ष देवेन्द्र ढुङगानाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन केन्द्रिय सदस्य केशब घर्तिले गर्नु भएको थियो । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्यि महासंघ नेपालका सचिव डिल्ली राज रेग्मी, अर्घाखाँची डिभिजन वन कार्यलयका डिभिजनल वन अधिकृत ईश्वरी प्रसाद पाण्डे, अर्घाखाँची डिभिजन वन कार्यलयका सायक वन अधिकृत मोहन मिश्र,टेक नेपाली, वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्यि महासंघ नेपालका राष्ट्यि सदस्य पदम लाल अधिकारी,शिता बेल्वासे , लगायतको उपस्थिति रहेको थियो ।

आगामी ३ वर्षेका लागि पहिलो पटक अर्घाखाचीमा अर्घाखाँची जिल्ला स्तरीय सृर्य बहादुर घर्तिको अध्यक्षमा महासंघ समिति गठन भएको छ । उपाध्यक्षमा फर्स बहादुर श्रेष्ठ,महासचिवमा देबेन्द्र ढुङगाना,सचिवमा पबित्रा पल्ली, कोषाध्यक्षमा पबित्रा राना, सर्बसहमतिमा चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा कुसुम गैरे,शेर बहादुर पुन, राजेश गैरे,कृष्ण बहादुर पुन, धुर्ब राज पन्थी गुणनिधि भुषाल , अनुपा पन्थी गरि १७ सदस्य बनाउने गरि १२ सदस्य बनाएको छ । नवनिर्वाचिन समितिलाई वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्यि महासंघ नेपालका जय प्रकास पाण्डेले पद तथा गोपनियताको सपथ खुवाउदै वैज्ञानिक वन व्यवस्थापनको निति नियम आचार संम्मिता पालन गर्न आग्रह गदै सफल कार्यककालको शुभकामना दिनु भयो ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६