अर्थ-वाणिज्य

सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर विदेश भ्रमणमा नजान नेपाल सरकारको आग्रह



काठमाण्डौ १५ मंसीर । सरकारले कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर विदेश भ्रमणमा नजान आग्रह गरेको छ । सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न भनेकोहो । बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरसको ओमिक्रोन स्वरुपको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरिएको छ । कोरोना भाइरसको यो स्वरुप सबै उमेर समुहका व्यक्तिमा देखा परेको हुनाले जनस्वास्थ्यका मापदण्ड अपनाउन पनि सरकारले अनुरोध गरेको छ । हालसम्म ओमिक्रोन स्वरुप नेपालमा फेला नपरेको भन्दै यो स्वरुप भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६