देश

विश्व मत्स्य दिवस: जगदीशपुर तालमा १० हजार माछाका भुरा छोडियो


६ मंसिर २०७८, सोमबार


कपिलवस्तु, ०५ मंसिर । विश्व मत्स्य दिवस नेपाल भर विभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रत्येक बर्ष अग्रेजी महिनाको नोभेम्बर २१ तारिखका दिनमा विश्व भर विश्व मत्स्य दिवस मनाउँदै आइएको हो । सोही दिवसका अवसरमा कपिलवस्तु नगरपालिका स्थित विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालमा १० हजार माछाका भुरा छोडिएको छ ।

भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले दिवसमा अवसरमा तालमा स्थानीय र बिकासी जातका माछाका भुरा छोडिएको हो । जगदशीपुर जलायस ब्यवस्थापन बहुरोकार मन्चका अध्यक्ष ललित गुरुङ, वडा नम्म्बर ९ का अध्यक्ष शिव बहादुर बाग्ले लगायतले तालमा भुरा हालेका थिए । तालमा कमन, बिहेड, सिल्भर, रहु र नैनी दुई दुई हजारका दरले भुरा हालिएको बिज्ञ केन्द्रका प्रमुख उत्तम आचार्यले बताए ।

सो अवसरमा बहुसरोकार मन्चका अध्यक्ष ललित गुरुङले मनोरम तालमा बिज्ञ केन्द्रले माछाको भुरा हाल्नु राम्रो काम भएको बताए । उनले १ सय ५७ हेक्टरमा फैलिएको तालमा ३० किलो बढीको माछा र बिभिन्न पंक्षीहरु समेत रहेको बताए । उनले तालमा रहेको माछालाई सरकारले ब्यवस्थापन गर्न दिनु पर्ने माग गरे । सिमसारको नाममा माछा मार्न नहुने भन्ने कुरा गलत भएको भन्दै माछाको ब्यवस्थापन हुनु पर्ने बताए । सो अवसरमा वडाअध्यक्ष वाग्लले तालमा माछाको भुरा हालेर बिज्ञ केन्द्रले सही काम गरेको बताए ।

उनले तालको संरक्षण र विकासकालागि माछाको ब्यवस्थापन हुनु पर्ने बताए । कार्यक्रममा बिज्ञ केन्द्रका प्रमुख आचार्यले तालमा रहेका माछाको संरक्षण र प्रबद्र्धनकालागि भुरा हालिएको बताए । माछाको ब्यवसायिक पूर्बन गरी आयआजृन गर्नृ कुरा नेपाल र कपिलवस्तमा प्रशस्त संभावना रहेको बताए ।

उनले देशमा ९१ हजार ८३२ र कपिलवस्तुमा २ हजार ३४ मेट्रिक टन माछा उत्पादन हुने गरेको बताए । यस बर्ष जिल्लामा १५ हेक्टर क्षेत्रमा माछा मिशन कार्यक्रम संचालन गरिने र २ वटा जिउदो माछा पसल चलाईने बताए । कपिलवस्तुलाई माछको पकेट क्षेत्र बनाउनकालागि कृषकहरुलाई माछा पालन तर्फ आकषिृत गराई अनुदान समेत दिनु पर्ने बताए ।

प्रकाशित : ६ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक बाणगंगा न.पा. ४, जितपुर, कपिलवस्तु
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

प्रेसपाटी हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल