अन्तर्राष्ट्रिय

यूएईले गर्यो‍ श्रम कानुनमा सुधार के छ व्यवस्था ?



काठमाण्डौ, ३० कार्तिक । यूएईमा रोजगारदाताले श्रमिकको इच्छा विपरीत काममा लगाउन नपाइने गरी श्रम कानुनमा सुधार भएको छ ।  यूएई सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै यूएईको निजी क्षेत्रमा रोजगारदाताले श्रमिकको इच्छा विपरीत काममा लगाउन नपाइने,श्रमिकले अदालतमा मुद्दा लड्दा शुल्क तिर्न नपर्ने लगायतका विषयमा सुधार गरिएको गल्फ न्युजले खबर लेखेको छ । जर्बजस्ती काममा लगाउँदा श्रमिकले काम नगरेमा रोजगारदाताले कुनै पनि जरिबाना लिन पाउने  छैनन् ।

श्रम कानुनमा भएको सुधार अनुसार रोजगारदाताले श्रमिकको काम र पाउने ज्यालामा विभेद गर्न पाउने छैनन् भने तीन वर्षे करारमा ६ महिनाको परीक्षण अवधि हुनेछ । 

यस्तै श्रमिकले चाहेमा एउटाभन्दा बढी कम्पनीमा काम गर्न पाउनेछन् । स्वतन्त्र रूपमा श्रमिकले काम गर्न पाउने सुविधाको कुरा पनि अहिले भएको श्रम कानुनले समेटेको छ । 

यदि श्रमिकको मृत्यु भएमा श्रमिकले पाउनु पर्ने रकम कम्पनीले १० दिन भित्र उपलब्ध गराउन पर्ने छ भने मृतकको शव पठाउने खर्च पनि रोजगारदाता कम्पनी स्वयंले व्यर्होन पर्नेछ ।

महिला श्रमिकले पाउने सुत्केरी बिदालाई ४५ दिनबाट बढाएर ६० दिन पुर्‍याइएको छ । ४५ दिन बिदाको तलब पाइने छ भने १५ दिन अर्थ तलबी बिदा महिला कामदारले पाउने छन् ।

कोही सहकर्मी वा श्रमिकलाई यौन दुर्व्यवहार, जिस्क्याउने, शारीरिक तथा मानसिक हिंसा गर्न पनि नयाँ कानुनले बन्देज लगाएको छ । कुनै पनि जात, वर्ण, रङ्ग, लिङ्ग, धर्म, राष्ट्रियता आदिका आधारमा पनि भेदभाव गर्न नपाइने व्यवस्था यूएईले गरेको श्रम कानुनले समेटेको छ । 

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६