पर्यटन

देशभरबाट प्रतिनिधि चयन गर्ने कार्य सकिएको एमालेको घोषणा


३० कार्तिक २०७८, मंगलबार


काठमाडौं, ३० कात्तिक । नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि चयन गर्ने कार्य सकिएको छ ।
गत शनिबारदेखि जारी प्रतिनिधि चयनको क्रम मंगलबार सकिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

रसुवाबाट सात जना प्रतिनिधि चयन भएसँगै महाधिवेशनका लागि १,९९९ जना प्रतिनिधि चयन भएको उनले बताए । चयन भएका प्रतिनिधिको विवरण मंगलबारसम्म केन्द्रीय कार्यालयमा बुझाइसक्ने महाधिवेशनको कार्यतालिका थियो । पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५-१५ जना निर्वाचित हुने छन् ।

एमालेले यस पटकको महाधिवेशनमा विद्युतीय मेशिनबाट मतदान गर्ने तयारी गरेको छ । विधान महाधिवेशन सकाएको एमालेले अबको महाधिवशेनमा नेतृत्व चयन गर्नेछ । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक बाणगंगा न.पा. ४, जितपुर, कपिलवस्तु
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

प्रेसपाटी हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल