प्रदेश

कपिलवस्तुमा राति ८ बजेसम्म देउसी–भैलो खेल्न प्रशासनको आग्रह ।



कपिलवस्तु, कार्तिक १५ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रम विहान ७ बजेदेखि राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । प्रशासनले एक सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमणदर अपेक्षित रुपमा घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भन्दै स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न सकिने जनाएको हो ।

देउसी भैलो कार्यक्रम संचालन पूर्व नजिकको प्रहरी कार्यालयमा समन्वय गरी जिल्ला सुरक्षा समितिले बनाएको विविध शर्तसहितको फारम भरेर मात्र जिल्लामा देउसी भैली खेल्न पाइने प्रशासनले जनाएको छ । यसैगरी देउसी–भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ ।

यस्तै प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह गरेको छ । चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिकस्थलमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ । सार्वजनक सथलहरुमा अनावश्यक भीडभाड हुन नदिइ स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न पनि अपिल गरिएको छ ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६