प्रदेश

नेपाल बारले चोलेन्द्रशमशेरको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा



काठमाडौं 13 कार्तिक  । नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबा बसेको नेपाल बारको केन्द्रीय कार्यसमिति बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित आगामी बुधबारसम्म कालोपट्टि बाँधेर धर्ना दिने निर्णय हो ।

बैठकले प्रधानन्यायाधीश जबरालाई आफ्नो लागि इजलासमा नबस्न पनि माग गरेको छ । त्यसैगरी आन्दोलनको रप रणनीति बनाउन बारले देशैभरका ९० वटा इकाइसँग भर्चुअल अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ ।

बैठकले पहिलो चरणको आन्दोलनको अवधिमा प्रधानन्याधिशको राजीनामा नआए थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको बारका महासचिव लीलामणी पौडेलले जानकारी दिए । उनले प्रधानन्याधिशले आफुमाथि प्रश्न उठ्दा राजीनामा नदिएकाले आन्दोलनको घोषणा गरेको भन्दै चार दिनभित्र राजीनामा नआए अर्को चरणको आन्दोलन गर्ने बताए ।

त्यस्तै बैठकले सबैलाई न्यायालय शुद्धिकरण अभियानमा नेपाल बारले सुरु गरेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६