देश

राजकुमारीले सर्वसाधारण नागरिकसँग प्रेम बिवाहा गरेपछि गुम्यो शाही पदवी


१० कार्तिक २०७८, बुधबार


काठमाडौं, १० कात्तिक । राजकीय हैसियत त्याग गरेर जापानकी राजकुमारीले आफ्नो प्रेमीसँग विवाह गरेकी छन् । जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी हुन् ।

सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ । कोमुरो र माकोले कलेजमासँगै पढेका थिए । जापानको कानूनअनुसार जनतासँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन ।

राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरिनन् । राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि उनले अस्वीकार गरेकी छिन् । यी दुवै कुरा परित्याग गर्ने उनी जापानी राजपरिवारकी प्रथम महिला सदस्य हुन् ।

नव विवाहित दम्पती अमेरिका गएर बस्ने अनुमान गरिएको छ । कोमुरो अमेरिकामा वकिल छन् । माकोको विवाह र त्यससँग सम्बन्धित निर्णयहरूलाई ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको कदमसँग दाँजिएको छ । केहीले उनीहरूलाई जापानका ह्यारी र मेगनको सङ्ज्ञा दिएका छन् । दरबारबाट बाहिरिँदै गर्दा उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर अभिवादन गरेकी थिइन् ।

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक बाणगंगा न.पा. ४, जितपुर, कपिलवस्तु
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

प्रेसपाटी हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल