प्रदेश

गुल्मेली कलाकार बस्नेतले सार्वजानिक गरे “माया बिना चल्दो रैछ जिन्दगी” ।



काठमाण्डौं, १४ असोज । चर्चित हास्य टेलिसिरियल सक्किगोनीका गुल्मेली कलाकार प्रकाश बस्नेतको अभिनयमा मार्मिक संगित भिडियो सार्वजानिक भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौर जन्मघर भई कर्मभूमिको रुपमा काठमाडौंमा रहेका बस्नेतको अभिनयमा ‘माया बिना चल्दो रैछ जिन्दगी’ नामक मार्मिक संगित भिडियो सार्वजानिक भएको हो ।गुल्मीका बस्नेत चर्चित हास्य टेलिसिरियल सक्किगोनीमा डाक्टरको रुपमा अभिनय गरेर चर्चा कमाएका कलाकार हुन् ।

रोबिन खड्काको शब्द र संगितमा सिर्जना भएको गितमा गायक बाबुल गिरी र गायीका संगीता थापाको स्वरले अझ सुगन्ध थपेको छ । ‘माया बिना चल्दो रैछ जीन्दगी’ नामबाट मार्मिक र प्रेमिक रहेको यस गितको भिडियोमा चर्चित कलाकार प्रकाश बस्नेतसँगै प्रमिला खनालको अभिनयले भिडियो थप वियोगान्त बनेको छ ।

संगित भिडियोमा सुबोल थापाको निर्देशन, माही सिंहको श्रृङ्गार, ज्ञानेन्द्रशर्मा हुमागाँईको छायांकन, बिनय कार्कीको एरेन्जर र नबिन निरौलाकोे सम्पादन रहेको छ । गितले समाजमा घटेका घटनाहरुलाई कलात्मक तथा सिर्जनात्मक तरिकाले बिशेष रुपमा उठाएको छ । सन्तान नहुदाँ दम्पतीको जीवनमा पर्ने विभिन्न मानसिक असर र यसले परिवारको जीवनमा पुराउने क्षतिलाई लयात्मक तरिकाले प्रस्तुत गरेपछि भिडियोसहितको यो संगित अहिले सबैले रुचाएका छन् ।

गुल्मेली कलाकार प्रकाश बस्नेत सानो समयमा हास्य टेलिसिरियलबाट चर्चामा आएका कलाकार हुन् । उनले थुप्रै संगित भिडियो र टेलिसिरियलमा अभिनय गर्दै आएका छन् । हास्य टेलिसिरियल सक्किगोनीमा डाक्टरको अभिनय गर्ने प्रकाशलाई डाक्टरको भूमिकामा सबैले मन पराएका कलाकार हुन् ।

भिडियो

https://youtu.be/5eK4OreQt50

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६