प्रदेश

होली खेल्ने क्रममा एसिड प्रहार हुँदा ३ घाइते



काठमाडौ १६ चैत । होली खेल्ने क्रममा दुई जना किशोरले एसिड प्रहार गर्दा तीन जना घाइते भएका छन् । आइतबार काठमाडौंको शंखरापुर नगरपालिकाको चापाकोट भन्ने ठाउँमा होली खेल्ने क्रममा ती किशोरहरुले सल्फ्यूरिक एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक रहेका छन् । उनीहरुमाथि डेरीमा राखिएको एसिड छ्यापेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनीहरुको अहिले सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले एसिड प्रहार गर्ने दुई किशोर र डेरी संचालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा एसिड छ्याप्ने १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङ रहेका छन् ।

प्रकाशित : १६ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६