कोशी

प्रदेश १ सरकारको मन्त्रिपरिषद् विस्तार



मोरङ १३ चैत्र ।प्रदेश १ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । नयाँ मन्त्री बनेकाहरूलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी र मुख्यमन्त्री शेरधन राईले शपथ ग्रहण गराउनुभएको छ ।नयाँ मन्त्रिमण्डलअनुसार माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश सभा सदस्य टङ्क आङबोहाङ आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको छ भने उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ ।अहिले राज्यमन्त्री रहनुभएका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री बन्नुभएको छ । यस्तै कृषि मन्त्रीमा राम रानालाई नियुक्त गरिएको छ भने कृषि राज्यमन्त्री कला घले बन्नुभएको छ । प्रदेश १ को वन राज्यमन्त्रीमा राजकुमार ओझालाई नियुक्त गरिएको छ ।

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६