अन्तर्वार्ता

कञ्चनले पायो देश मै पहिलो प्राथमिकता : बस्नेत



रुपन्देहीको कञ्चन गाउँपालिकाको पछिल्लो अवस्था कस्तो छ ? कसरी अगाडी बढ्ेको छ ? कोरोना कहरमा पनि विकासका काम कसरी अघि बढेका छन् । तीन वर्षको कामले जनस्तरमा कस्तो प्रभाव पारेको छ ? लगायत विषयमा प्रमुख प्रशासकीय अधिकृत लेख वहादुर बस्नेतसंग प्रेसपाटीकालागि सुनिता बेल्वासेले गरेको अन्तर्वाताको सम्पादीत अंश 

कञ्चनको पछिल्लो हाल खवर के छ ? 

कञ्चन गाउँपालीका चालु आ. व. को विकासका कार्यक्रम कार्यान्वयनको चरणमा छ । विकास योजनाको ठेक्कापट्टा गर्ने योजना गर्दै छौ । अनुदानका कार्यक्रम कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल गरिरहेका छौँ a । अर्को आर्थिक,सामाजिक विकासका काम पनि अगाडी बढाउदैँ छौँ । 

 विकासका योजनामा कोरोनाले कस्तो प्रभाव पारेको छ ?

कोरोनाले लगभग सबै क्षेत्रमा प्रभाव पारेको छ , गत बर्ष हामीले २८\२९ वटा विकासका योजना बाटो पिच देखी अन्य कामको ठेक्का दिईएको थियो,चैत्रबाट लकडाउन सुरु भएपछि काम प्रभावित भयो । यस सगैँ जमघट भएर गर्नुपर्ने अभिमुखीकरण कार्यक्रम,लक्षित वर्गलाई पुर्याउनु पर्ने प्रचार प्रसारका कार्यक्रमहरुमा धेरै असर परेको छ । कोरोनाले भन्दा पनी डर,त्रासले कार्यसम्पादनमा असर गरेको छ । 

कञ्चन गाउँपालीकाका ठुला योजना के छन् ?

 यस बर्ष कञ्चन गाउँपालिकामा विकासका योजना धेरै छन् ,जसमध्ये ठुला योजनामा पालिकाको भवन निमार्ण ,वडा कार्यालयका भवन ,स्वास्थ्य चौकी निमार्ण ,यो बर्ष २० किमी सडक पिच सम्पन्न हुदैँछ । आगामी योजनाको ठेक्काका तयारी पनि भैरहेको छ ।

पालिका अफिस आउने सडक पिच नभएको जन गुनासो  छ नि ?

गाउँपालीकाको बाटो प्रदेशको पालिका पहँुचको वजेट अन्र्तगत परेको छ ,गत बर्ष ठेक्का लगाएको काम बिचमै रोकिएको थियो । यस बर्ष पनि बाटोको लागी ४ करोड बजेट परेको छ र बाटो विस्तार हुने क्रममा छ । अहिले ग्रावेल हुदैँछ । यो प्रदेश सरकारको ठेक्का भएकोले  हामी  केहि गर्न मिलेन । तत्काल नै यो बाटो पिचँ हुन्छ ।

 क्वारेन्टाईन भएका विद्यालयको अवस्था कस्तो छ ?

 असोज १ गते अघिसम्म क्वारेन्टाईन थिए विधालय त्यसपछि पठनपाठन सुरु भएपछि कञ्चन गाउँपालिकाले अहिले क्वारेन्टाईन सञ्चालन गरेको छैन् ,संक्रमित होम आईसोलेसन मै बसेका छन् । कोरोना संक्रमण देखिएकालाई अनिवार्य होम आईसोलेनमा बसालेका छौँ ,र पिसिआर जाचँ गराएका छौँ । 

शिक्षा ,स्वास्थ्य र शुसासनको चर्चा गर्दा उल्लेख्य काम के भए ? 

शिक्षाको अवस्था हेर्दा सामुदायिक विधालयमा गुणस्तर अलि कम्जोर भएका कारण अभिभावकको रोजाईमा पर्न सकेका छैनन्  । सामुदायिक विधालयको गुणस्तर सुधार गर्न कार्ययोजना बनाउदैँ छौँ ।प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गर्ने लहरमा लागेका छौँ । यसै बर्ष सबै वडामा स्वास्थ्य संंस्था मार्फत स्वास्थ्य सेवा दिनेछौँ । हाम्रो पालिकामा स्वास्थ्यका अधिकांश  सुचक सकारात्मक छन् । शुसाशन जनताले अनुभूत गर्ने हो हामी हाम्रा तर्फवाट प्रतिबद्ध भई  लागेका छौं ।

सार्वजनिक जग्गा अतिक्रमण रोक्न कुनै कदम चालिएको छ?

अव्यवस्थित जग्गा कसको नाममा छ भनेर जानकारी लिदैँ छौँ ,त्यसपछि जसको नाममा छैन् त्यो सार्वजनिक जग्गा हुनेछ । त्यसपछि त्यो जग्गा संरक्षण गर्ने तयारीमा छौँ । 

रुद्रपुरको जगंलमा महिलामाथि  हिसां  हुने गरेका छन् यसप्रति कूनै ध्यान दिनु पर्दैन र ? 

यो बिषय गाउँपालिकाको भन्दा पनि सुरक्षा निकायको हो जस्तो लाग्छ ,त्यहि पनि हाम्रो क्षेत्रमा भएका घटनाको बेखवर छौँ भन्ने  होईन हामीले प गाउँपालिकामा  नगर प्रहरी परिचालन गर्ने तयारीमा छौँ । त्यसवाट केहि राहत मिल्ला । 

लक्षित वर्गका लागि कति बजेट विनियोजन गरेको छ गाउँपालिकाले ?

बस्नेतगाउँपालीकाले विपन्न वर्ग जस्ले हामीले केही गर्छौँ भन्ने योजना बनाउनुभएको छ ,उहाँहरुलाई कहिले पनी अभावमा राखेको छैन् । हामी विपन्न छौँ,हामीले यस्तो योजना बनाएका छौँ भनेर नभन्दा सम्म स्थानिय तहले देला र गरौँला भनेर केही गर्न सक्दैँन जस्तो लाग्छ । कन्चनमा  बस्ती विकास अन्र्तगत विपन्न परिवारलाई घर बनाउने,सोलार जडान गर्ने कार्य भैरहेका छन् । 

अन्त्यमा के भन्नुहुन्छ ?

कञ्चन वासीकालागि खुशीको विषय छ त्यो केहो भने यो प्रदेश भित्र सबै भन्दा पहिला सुकुम्वासी समस्या विषयमा हेर्ने र समाधान गर्नेगरी यो पालिकाक  केन्द्रिय आयोगको पहिलो छनौटमा परेको छ । यसको मतलव कञ्चनले देशमै पहिलो प्राथमिकता पाउन सफल भएको छ । यो निकै ठूलो समस्या थियो । समाधान भयो भने राम्रो उपलब्धी हासिल हुने स्थिती आउदैछ । साथै कन्चन गाउँपालिकाबासीलाई विकास निमार्णका कार्यमा सघाउन,केही कमजोरी भए खवरदारी गरिदिनुहुन अनुरोध गर्दछु । 

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६