कपिलवस्तुमा सामुदायिक स्तरमा अक्सिजन बैक सन्चालनमा

388

कपिलवस्तु २७ बैशाख । कपिलवस्तुमा सामुदायिक स्तरमा अक्सिजन बैक सन्चालनमा आएको छ । कपिलवस्तुको बाणगंगा नगर क्षेत्र भित्र रहेका विभिन्न गैर नाफामुलक सस्थाहरुकोको पहलमा बाण्गङगामा अक्सिजन बैंक सन्चालनमा आएको छ । लायन्स क्लब अफ बाण्गङ्गा , लायन्स क्लब अफ कपिलवस्तु ,कपिलवस्तु जेसिस ,सिद्धार्थ सामाजिक बिकास केन्द्र , बाडगङ्गा ट्रक यातायात ब्याबसायी समिती , कपिलवस्तु सामुदायिक अस्पताल तथा नेपाल रास्ट्रीय उद्योग ब्यापार सङ्गठन कपिलवस्तु लगायतको पहलमा अक्सिजन बैंक सञ्चालनमा आएको हो । 

May be an image of standing and outdoors

बाणगंगा नगरपालिका भित्र कोभिड १९ तथा अन्य सङ्क्रमण एबम जोखिमयुक्त प्रकोप मा सङ्क्रमितहरुको अक्सिजन अभाब मा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्य ले अक्सिजन बैंक सन्चालन मा ल्याइयको अभियान का सम्योजक रमेस चन्द्र भुसाल ले जानकारी गराउनु भएको छ । उक्त अक्सिजन बैंक संचालन गर्न जिल्ला का विभिन्न संघ सस्था तथा स्वयंसेबिहरुले आर्थिक भौतिक सहयोग गरिरहेको र जोडिने क्रम जारी रहेकोले अभियान सहज रुपमा  सन्चालन भैरहेको सम्योजक भुसालको भनाई छ । 

त्यसैगरी यश क्षेत्रका समस्त उद्योगि ब्याबसायिहरुले अभियान लाई सार्थक बनाउन अपेक्षित सहयोग गरिरहेको र बर्तमान समयमा आबस्यक सहयोगको लागि सम्पुर्ण ब्याबसायी लाई अपिल समेत गरिएको नेपाल रास्ट्रीय उद्योग ब्यापार सङ्गठन कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेल ले जानकारी दिनुभयो ।

May be an image of standing, outdoors and text that says 'REDMI NOTE 8 PRO AI QUAD CAMERA'अभियान सम्पन्न भएसंगै सामाजिक लेखाको आधारमा हर हिसाब पारदर्शी रुपमा सार्बजनिक गरिने भएकोले सबैलाई अभियानमा जोडिन अभियानका कोषाध्यक्ष एबम कपिलवस्तु जेसिस का अध्यक्ष भिमकान्त भट्टराई ले आग्रह गर्नु भयो । सामाजिक सङ्घ सस्थाहरुको समेत महामारीको बेला विभिन्न प्रकारको सामाजिक उत्तरदायित्व हुने हुनाले यो महाअभियानमा जोडिन सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य ले आभ्वान गर्नु भएको छ ।

May be an image of tree and outdoors


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार