जापानको प्रधानमन्त्रीमा योसिहिडे सुगा चयन

43
Pissa Aata

काठमाडौं ३१ भदौ । जापानको संसद्ले योसिहिडे सुगालाई प्रधानमन्त्रीकोरुपमा चयन गरेको छ । बुधबार भएको मतदानमा सुगाले जित हासिल गर्दै प्रधानमन्त्रीको पद सुरक्षित गरेका हुन् ।सिन्जो आबेले आफ्नो कार्यकाल सकिनुभन्दा अघि नै स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि उनको बाँकी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको चयन गरिएको हो ।यसअघि गत सोमबार सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले उनलाई आफ्नो नेता चयन गरेको थियो । यससँगै सुगा जापानको नयाँ प्रधानमन्त्री बन्न निश्चितजस्तै भएको थियो ।

        जापानको संसद्मा एलडीपीको बहुमत छ । जसको कारण उनले बुधबार जापानको तल्लो सदनमा भएको मतदानमा सहज जित हात पारेका हुन् ।बुधबार नै सिन्जो आबेले अन्तिम मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा आफ्नो कार्यकालमा हासिल भएको उपलब्धिबाट आफू गौरवान्वित भएको बताएका थिए ।

स्रोत  अलजाजिरा

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार