एकता मेलमिलाप र सहकार्यका हात मजवुत पारौ :मुख्यमन्त्री

123

बुटवल  ६ साउन  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एकता, मेलमिलाप र सहकार्यका हात मजवुत पार्न आग्रह गर्नु भएको छ । बकर इद पर्वको शुभकामना दिदै समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक रहेको बताउनु भएको हो । उहाले आज इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा बिज्ञप्ती जारी गर्दै शुभकामना दिनु भएको हो ।

उहाले नेपाली समाज विविधताले रंगिएको बताउदै एउटा समुदायले मनाउने पर्वमा अर्को समुदायले पनि खुशीयाली मनाउनुले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बलियो बन्ने बताउनु भयो  । बकर इदको सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जात जाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको बताउदै पोखरेलले संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर तयार हुने बताउनु भयो । साथै पोखरेलले बकर ईद पर्व मनाउँदा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी मनाउन आग्रह समेत गर्नु भएको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार