सधैव सफलता चुम्ने बाणगंगाको ठूलो असफलता , दोष कसको ?

321

कपिलवस्तु १२ साउन । कपिलवस्तु जिल्लामा जनप्रतिनिधी निर्वाचित भएर  आएपछि तीनवटा बजेट कार्यान्वयनमा आइसकेका छन् । चौथो बजेट कार्यान्वयनमा गई रहेकोछ । तर यतिलामो समय सम्म कपिलवस्तुका स्थानीयतहले गर्ने पर्ने तर गर्न असफल भएको एउटा महत्वपूर्ण कामले गंभिर प्रश्न चिन्ह खडा गरेकोछ । जनप्रतिनिधि आएपछि स्थानिय स्तरमा बिकास निर्माणका काम संगै स्थानियका माग र आवश्यकता  क्रमश पूरा हुने क्रममा छन । तर कुनै स्पष्ट सोच र दिर्घकालिन खाका विना यस्ता काम भएका हुन् ।  निर्वाचित भएपछि विकास निर्माणलाई प्रमुख मुद्दा बनाउदै अघि बढिरहेका कपिलवस्तुका जनप्रतिनिधिहरुले गुरुयोजना निर्माण गर्न ध्यान नै  दिएका छैनन अथवा उनीहरु यो मामिलामा नराम्रो संग चुकि सकेका छन् । 

        जिल्लाका केही स्थानिय तह चौथो वर्ष लाग्दा समेत गुरु योजना निर्माणको चरणमा छौ भन्ने ब्याख्यामा रमाएका छन्  भने अधिकांश स्थानिय तह गुरुयोजना निर्माणमा ध्यान नदिएका पाईएको छ । अहिलेसम्म कुनै पनि पालिकाले गुरुयोजना निर्माण गरे भन्ने समाचार सुन्नमा  आएको छैन । तर गुरुयोजना निर्माणको प्रक्रियामा छौ भन्ने पालिकाको रेडिमेट उत्तर सुन्दा पटयार लाग्ने स्थिती आएकोछ । यसैक्रममा जिल्लाका १० पालिका मध्ये बिकास निर्माण, शुसासन पादर्शितामा देशमै उत्कृष्ट भएको छ बाणगंगा । अनि बेरुजु कम हुने पालिकामा प्रदेश मै पहिलो र देशमै दोस्रो समेत भएको छ । 

        यसरी हेर्दा बाणगंगाले छोटो समयमै सर्बोत्कृष्ट काम गर्दै नमुना नगरतर्फ लम्किरहेको छ । बाणगंगा बिश्वका उत्कृष्ट १०० नगरभित्र पनि पर्न सफल हुनु जिल्लाबासी संगै देशकै लागि उदाहरणीय कार्य हो । तर यो नगर पनि गुरु योजना विहिन यात्रामा लम्की रहेकोछ । तर सधैव सफलता चुम्ने वाणगंगाको एउटा ठूलो असफलता देखा परेकोछ त्यो हो चौथो वर्षमा लाग्दा समेत गुरु योजना बन्न नसक्नु । हुनत  शहरी बिकास मन्त्रालयका कारण गुरुयोजना रोकिएको भन्ने  गरिन्छ । जसका कारण नगरका मूख्य ठूला योजनाहरु अघि बढ्न नसकेको नगरपालिकाले जनाएको छ । गुरुयोजनाका लागि नगरपालिकाले बिभिन्न नगर वडाका कागजातहरु  मन्त्रालयका कन्सल्टेण्ट समक्ष पठाईसकेको छ ।

        तर मन्त्रालयले अहिलेसम्म कुनै प्रतित्रियmा र जवाफ नपठाउदा न नगरपालिकाले स्वयम नै गुरुयोजना बनाउन सकेको छ । नत शहरी विकास मन्त्रालय मार्फत बनेर आउन सकेकोछ । अलपत्र अवस्था रहेकोछ । नगरपालिकाले आव २०७५÷७६ मा ५० लाख बजेट पनि बिनियोजन गरि गुरुयोजना निर्माण गर्ने तयारीमा रहदा नगरपालिकाको गुरुयोजनाका लागि शहरी बिकास आयोजनाले ७० लाख बजेट विनियोजन गरेपछि मन्त्रालययलाई गुरुयोजनाको जिम्मा नगरपालिकाले दिएका हुन्  । त्यसपछि बेलाबखत अन्तरक्रिया कार्यक्रम पनि भए । ठोस काम भएन । 

        ठीक यस्तै अवस्था बुद्धभूमी नगरपालिका र शिवराज नगरपालिकाको पनि हो । त्यहा पनि जिम्मा लिएको शहरी विकास मन्त्रालयले नै हो । अन्तरकृया र गोष्ठी भए नतिजा आएन । नगरहरु पैसा दिएर काम नहुदा किन वोल्न वा विद्रोह गर्न सकेका छैनन् यो पक्ष अनौठो छ । ठूलो रकम कमाउने चलखेलमा शहरी विकास मन्त्रालयका सिमित कर्मचारीले देशका धेरै स्थानीयतहको जिम्मा लिएर बर्षाै सम्म काम नगर्दा बोल्न नसक्ने जनप्रतिनिधी माथि गंभिर शंका नगरेर के गर्ने ? 

        मन्त्रालयले पठाएको गुरुयोजनाको खाका नगरपालिकाले शंसोधन गरि पठाएको ३ बर्ष बितिसक्दा पनि गुरुयोजनाको अन्तिम रुप नआउदा महत्वपूर्ण योजनाहरु शुरुवात हुन नसकेको बाणगंगाका  उपप्रमुख चक्रपाणी अर्यालले बताउनुभयो । उपप्रमुख अर्याल भन्नु हुन्छ नगरपालिका जे देख्यो त्यही गरेको छैन गुरुयोजना भित्रका योजनालाई पछ्याउदै कामहरु गरिरहेको छ । गुरुयोजना भित्र गौरबका आयोजना अन्तगर्त रिङरोड ,बसपार्क ,बुद्ध रंगशाला ,मायादेबी रंगशाला , महत्वपूर्ण पूर्बाधार बिकासका सडक , पुल ,बाणगंगा नदिका तटबन्ध लगाएतका योजनाहरु प्राथमिकतामा रहेका छन । यता नगरपालिकाका मेयर मंगल प्रसाद थारु आर्थिक २०७६÷७७ सालभित्र मास्टरप्लान पुरा भएर आउने र  त्यसकै आधारमा  कार्यलाई पहिलो प्राथमिकतामा राख्दै अघि बढ्ने वताउनु हुन्छ । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार