कोरोनाको डर मान्न छाडे महिलाहरु, दर खाए नाँचे गाए र रमाए

277

कपिलवस्तु १५ भदौ । कोरोना कहरकै बीच महिलाहरुको महान चाड तीजका अवसरमा कपिलवस्तुमा दरखाने कार्यक्रमको शुभारम्भ भएको छ । जिल्ला प्रशासन कार्यलयले गरेको आदेशको वेवास्ता गर्दै कपिलवस्तु  नगरपालिका वडा नम्बर ३ को कार्यालयले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना  सहित दरखाने कार्यक्रम गरेर कोरोना कहर मै अभियान चलाएको हो  । 

वडा नम्बर ३ भिक्षु, टोल महिता लगायतका अगुवा महिलाहरुको सहभागीतामा कार्यक्रम संपन्न गरिएको हो । सो अवसरमा महिलाहरुलाई सामुहिक दर खुवाउने र नाँचगान समेत गरिएको थियो । समारोहमा प्रदेश सभा सदस्य रिना नेपालले महिलाहरुले आफनो अधिकारकालागि अझै डटेर सामना गर्नु पर्ने बताउनु भयो  । उहाले आधा बढी जनसंख्या रहेको महिलाहरुलाई साधन, श्रोत, लागतयका हरेक क्षेत्रमा अधिकार दिईनु पर्ने तर्क गर्नु भयो । 

उहाले आफनो अधिकारकालागि महिलाहरुले आवाजलाई समेत  बुलन्द बनाउनु पर्नेमा जोड दिनु भयो  सो अवसरमा वडाध्यक्ष प्रकाश गैरेले तीजका अवसरमा श्भकामना दिदै महिलाहरुकालागि महिलाहरु नै एकबद्ध हुनु पर्ने बताउनु भयो  । 



कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार