आफ्नै बुहारीलाई बलात्कार गर्ने शसुरा पक्राउ

206

बारा २६ चैत । बारामा आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । चैत १५ गते दिउँसो बुहारीलाई आफ्नै कोठामा बलात्कार गरेको आरोपमा ४५ वर्षीय ससुरा पक्राउ परेका हुन् । पीडित महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएकी थिइन् ।

बुहारीको उजुरीपछि ती पुरुषलाई मंगलबार नै पक्राउ गरेको र बुधबार जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार