माहोल अधिबेशनको दाउपेच मेयरको, कांग्रेसवाट ३ को दावि र तयारी

1164

कपिलवस्तु १३ साउन कांग्रेस भित्र यतिबेला महाधिबेशनको दौडधुप तीव्र भएको छ । केन्द्र ,प्रदेश र जिल्ला हुदै पालिका सम्म नेतृत्व हातपार्न नेताहरुको दौडधुप उच्च हुदै गएको छ । यो महाधिबेशनमा केन्द्र प्रदेश र जिल्ला नेतृत्वमा पुग्न चाहानेमा भन्दा वढी प्रतिस्पर्धा पालिका स्तरको अध्यक्ष बन्नमा रहेको कांग्रेसका नेताहरु वताउछन् । 

अव निकट भविश्यमा हुने स्थानीय चुनावमा टिकटको सिफारिस  गर्न र आफ्नो दावि प्रस्तुत गर्न नेतृत्वमा हुँदा सहज हुने ठानेरै धेरै जनामा प्रतिस्पर्धा देखिएको कांग्रेस नेता डोलकराम घिमिरेको भनाइछ । एकातिर स्थानीय नेतृत्वमा जान चाहानेको ब्यापक दौडधुप छ भने कतिपयले अहिले नै आफूलाई आगामी मेयरको रुपमा सघाउने भए यसपालीको अधिबेशनमा नेतृत्व छनौटमा सघाउने सर्तमा सौदावाजी समेत हुने गरेको कांग्रेस नेताहरुको भनाईछ । 

यस्तो अवस्था जहातहीछ । तर कपिलवस्तुको सबै भन्दा पुरानो नगर पालिका कपिलवस्तु नगरपालिकाका कांग्रेस नेताहरुमा नगर समितिको नेतृत्व भन्दा मेयर उपमेयरको टिकटमा बढी जोड घटाउ हुने क्रम शुरु भएको छ । कपिलवस्तु नगर समितिको नेतृत्व सकभर यूवा पुस्तावाट छान्ने तर मेयर उपमेयर भने पुरानै पुस्ताका नेताहरु हुने तयारीमा रहेका छन् । 

अव हुने चुनावमा मेयरका लागि सबै भन्दा तीव्र चाहाना राख्ने नेताहरुमा ३ जना देखा परेका छन् । ती मध्ये साविकका मेयर किरण सिंह अन्तिम पटकका लागि भन्दै जसरी पनि टिकट पाउने र खर्च गरेरै भएपनि जित्ने तयारीमा रहेको कांग्रेस कार्यकर्ता स्वीकारछन् । सिंहले आफू फेरी हुन खोजेको वताउदै मैले कपिलवस्तुमा असंभव देखिएको सडक विस्तार लगायतका धेरै काम गरेकोले मेरो दावि स्वभाविक छ भन्ने प्रतिकृया दिनु भयो । पार्टीवाट टिकट ल्याउन कोसिस हुन्छ दिएमा चुनाव लडेर जितेर देखाइन्छ । टिकट नपाए विद्रोही हुने सोच छैन उहाले प्रष्टाउनु भयो । 

त्यसैगरी विगतमा पाटीले आफूमाथि अन्याय गरेकाले वागी बन्नु परेको तर यसपाली न्याय दिनेछ भन्ने आसमा राजु अर्याल रहनु भएको छ । उहाले कांग्रेसवाट यसपाली टिकट पाउने म नै हो सबै हिसावले म अगाडी छु उहाले भन्नु भयो । जनमतका हिसावले अर्याल कमजोर मानिनु हुन्न । पार्टी सभापतिमा राजेश आचार्य निर्वाचित हुने हो भने आचार्यको एकमात्र क्याण्डीडेछ अर्याल नै रहेको एक जिल्ला नेताले वताए । 

आफू उपमेयर हुदा मेयर सिंहले कुनै अधिकार नदिएकोले यसपाली जसरी पनि मेयर बनेर छाड्ने दाउमा लक्ष्मी गुप्ता हुनु हुन्छ । उहा वर्तमानको उपमेयर पनि हो । खास गरी विमलेन्द्र निधीसंग राजनैतिक सम्वन्ध उच्चस्तरमा रहेकी गुप्ता टिकट पाउन सक्ने हैसियत राम्रो भएकी नेतृ हो । उहाले उपमेयर बनेपछि एक पटक मेयर बन्न चाहानु आफ्नो स्वभाविक दावि  रहेको वताउनु भयो। 

संभवत फागुन देखि जेठ सम्ममा भई सक्नु पर्ने स्थानीय चुनाव आउन अव  ७÷८ महिना मात्र वाँकी छ । यसरी हेर्दा कपिलवस्तु नगरपालिकामा अव हुने स्थानीय चुनावमा  मेयरमा मुख्यगरी किरण सिंह ,राजु अर्याल र लक्ष्मी गुप्ता बीचवाटै कांग्रेसले एक जना अघि सार्ने स्पष्ट चित्र देखा परेको छ । उपमेयरमा  हुन सक्ने प्रतिस्पर्धा वारे स्पष्ट विवरण प्राप्त भएको छैन । 

लक्ष्मी गुप्ताले मेयरमा उम्मेदवारी पाएमा आफू उपमेयरको दावेदार रहेको कांग्रेसका यूवा नेता राजेश ज्ञवालीले प्रेसपाटीलाई वताउनु भएको छ । ज्ञवाली सभापति एवम प्रधानमन्त्री शेर वहादुर देउवासंग आफ्नै सिधा समवन्ध भएको नेता हो । गुप्ताले आफूले मेयर पाउदा उपमेयरमा पहाडीष मुलवाट हुनुपर्ने पक्षमा रहेकाले पनि ज्ञवाली उपमेयरको प्रबल दावेदार रहेको वताइन्छ । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार