सट्टेबाजी गर्ने सात जना काठमाण्डौबाट पक्राउ

226

काठमाण्डौ २६ असोज । यूएईमा चलिरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने सात जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । भारत घर भएका कुलदीप शारणको कोठामा सट्टेबाजी भइरहेको सूचनाका आधारमा छापा मारेर एक लाख ८५ हजार रुपैयाँ र विभिन्न ठाउँबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । आइतबार पक्राउ परेका शारणको बयानका आधारमा सट्टेबाजीमा संलग्न भारतकै सञ्जिव शारण, अजय गौत, नवीन जैन, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, कुलेश्वरको उत्तम सापकोटा र सोल्टीमोडका कुमार बमसललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार