सरकार र विप्लव समूहबीचको पहिलो चरणको औपचारिक वार्ता सकियो

156

काठमाण्डौ १९ फागुन । सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीचको पहिलो चरणको औपचारिक वार्ता सकिएको छ ।दुवै पक्षबीचको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सरकारी वार्ता समितिका सदस्य राजन भट्टराईले जानकारी दिनुभएको छ ।सरकारका तर्फबाट वार्तामा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई सहभागी हुनुभएको थियो ।

नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।दुवै समूहले वार्ता समिति नै गठन गरेर औपचारिक रुपमा वार्ता सुरु गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उच्च सुरक्षा सतर्कतासहित वार्ता सुरु भएको हो ।

खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूह वार्तामा सहभागी भएको हो । विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग गरेको छ ।विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार