जतामन्त्री र मूख्यमन्त्री उतैउतै बजेट ,कपिलवस्तु पर्यटनवाट पूर्ण उपेक्षित

406

कपिलवस्तु १७ साउन  देशकै सबै भन्दा धेरै पर्यटक आउने स्थल संभवत लुम्विनी पछिको तिलौराकोट हो । विश्व शान्तिका अग्रदूत गौतमबुद्धको क्रिडा भूमी र  शाक्यमुनि बुद्ध सहित ३ वटा बुद्धको जन्म भूमी कपिलवस्तु नै  हो । नेपाल सरकारको पर्यटन मन्त्रालयले पर्यटन प्रबद्र्धन गर्दा स्वभाविक रुपमा कपिलवस्तुका लागि ठूलो बजेट राखेको हुनु पर्छ भन्ने हरेक नेपालीले कल्पना गर्नु स्वभविक हो । तर  ऐतिहासिक, पुरातात्विक र प्राकृतिक स्थल र विश्वकै एकमात्र खुला बौद्ध संग्राहलयका  रूपमा रहेको कपिलवस्तु जिल्लाको पर्यटनमा संघिय सरकारले आव २०७७/०७८का लागि कुनैपनि बजेट राखेको छैन भन्ने प्रेसपाटीले गरेको अध्ययनवाट पुष्टि भएको छ ।

    कपिलवस्तु यसपाली मात्र होइन  हरेक बर्ष बजेट, योजना र कार्यक्रम बनाउदा यसरी नै  ओझेलमा पर्दै आएको छ । बुद्धको जीवनसँगप्रत्यक्ष सम्बन्धित र सरोकार राख्ने महत्त्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक स्थलहरू कपिलवस्तुमा करिव १०० को हाराहारीमा रहेको  मानिन्छ ।  अझै भनौ बिश्व सम्पदा सूचिमा सुचिकृत प्राकृतिक मनोरम र चरा पर्यटनका लागिपनि उत्तिकै मनमोहक स्थल मानिएको जगदिशपुर ताल पनि यहाँ  नै रहेको रहेको छ् । 

        लुम्बिनी विकास कोषलाई सरकारले २०४१ मा जिल्लामा रहेका तिलौराकोट, निग्लिहवा, सगरहवा, गोटिहवा, अरौराकोट, निग्रोधाराम र सिसहनियाको संरक्षण र विकासका लागि जिम्मा दिइसकेको छ । तर यहाको बिकासलागि बजेट भने यसबर्ष सरकारवाट पर्न सकेको छैन । यस आर्थिक बर्ष २०७७÷७८ मा पनि कपिलवस्तु जिल्ला पर्यटन बिकासमा पूर्ण उपेक्षित रहेको छ  । 

प्रदेशका १२ वटा जिल्ला मध्ये जहा केन्द्र र प्रदेशको नेतृत्व गर्ने मन्त्रीहरु छन उनीहरुकै गृह जिल्लामा पर्यटन बिकास लागि थुप्रै योजना र बजेट बिनियोजन भएको देखिएको छ । आर्थिक बर्ष २०७७÷७८ मा पर्यटक आकर्षण गर्ने मौलिक संस्कृतिको विकास र प्रवर्द्धन गर्न पर्यटन पूर्वाधारकालागि संघिय सरकारले १ अर्ब २६ करोड बजेट व्यवस्था गरेको छ । तर कपिलवस्तुका लागि हात लाग्यो सुन्य रहेको छ । 

        सरकारले जताजता मन्त्री र मुख्यमन्त्री उतैउतै बजेट राखेको सरकारको वजेट पुस्तिकाले प्रष्टयाएको छ । जसमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको गृह जिल्ला गुल्मीमा थुप्रै पर्यटन बिकासकालागि योजना र बजेट बिनियोजन भएको छ । गुल्मीमा स्थानिय तहमा पर्यटनकालागि बित्तिय हस्तान्तरण तर्फ १७ वटा योजनाकालागि बजेट लाखौ बजेट बिनियोजन गरिएको छ । गुल्मीमा धुर्कोट गाउपालिकामा रहेका उजेली देबीमन्दिर ,गुल्मी दरबार , बिचित्रगुफा ,ईश्वरीकोट संरक्षण , सत्यवती गाउपालिकाको सत्यवतीकालागि १२÷१२ लाख बजेट बिनियोजन गरिएको छ । 

    अन्य संस्कृति प्रबद्र्धनकालागि पर्यटन पूर्बाधार बिकासका आयोजना र कार्यक्रमहरुका  लागि पनि लाखौ बजेट बिनियोजन भएको छ । यसै गरि संघिय सरकारका कृषिमन्त्री घनश्याम भूषालको गृह जिल्ला रुपन्देहीमा  लाखौका १६ वटा कार्यक्रमहरु रहेका छन । जसमा सिद्धार्थ नगरपालिका अन्र्तगत ओम शिबशक्ति कल्याणी स्वर्गद्धारी शबदाह घाट निर्माण र शुद्धोधन गाउपालिका अन्र्तगत कालिका भगवती मन्दिर मर्मत तथा निर्माणका लागि १५/१५ लाखबजेट बिनियोजन भएको छ । अन्य योजना र कार्यक्रमका लागि लाखौ बजेट बिनियोजन भएको  छ । 

    यसैगरि प्रदेश ५ का मूख्यमन्त्रीको गृह जिल्ला दाङका बिभिन्न स्थानिय तहमा  १७ वटा संस्कृति पर्यटन तथा पर्यटन पूर्बाधार बिकासका आयोजना र कार्यक्रमहरु लागि लाखौ रकम बिनियोजन भएकोछ । यसरी हेर्दा केन्द्रका मन्त्री र प्रदेशका मूख्यमन्त्री संगै अन्य मन्त्रीको गृहजिल्लामा संघिय सरकारको पर्यटन मन्त्रालयका थुप्रै योजना र बजेट बिनियोजन भएको  छ ।  तर बिडम्बना पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको कपिलवस्तु जिल्लाका लागि पर्यटन बिकासमा भने यसपाली पनि घोर उपेक्षा गरिएको छ । कपिलवस्तु जिल्लाको शिबराज नगरपालिका अन्र्तगतपर्यटन पूर्बाधार किास आयोजना भनेर ऐतिहासिक शिबगढी किल्ला पर्यटन पूर्बाधार निर्माण लागि १५ लाख बजेट बिनियोजन हुनु वाहेक कपिलवस्तुका लागि कुनै पनि बजेट पर्यटन मन्त्रालयले सार्वजनिक गरेको आव २०७७/०७८ को वजेट पुस्तिकामा छैन । 

        मुलुकका ७७ जिल्लामा रहेका ७ सय ५३ वटा स्थानियतह मध्ये अधिकांश पालिकामा लाखौका बजेट बिनियोजन भएको छन । तर कपिलवस्तुका १० पालिका मध्ये शिबराज नगरपालिकाको शिबगढी किल्लामा मात्र बजेट बिनियोजन भएको छ । जिल्लामा पर्यटन सम्बद्ध जे जति विषय र क्षेत्रहरू, बहस र प्रकाशमा आएका छन् ती सबै महत्व राख्ने क्षेत्र र विषय पूर्णत ओझेलमा परेका छन। पर्यटनको व्यापक सम्भावना भएको जिल्लाका ऐतिहासिक र पर्यटकीय स्थलहरुलाई बजेट बिनियोजन नहुनु प्रति कपिलवस्तुवासीले क्षोभ प्रकटगर्नु वाहेक के पो रहलार ? 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार