परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता के के भए उपलब्धी ?

143

काठमाडौँ ३ माघ ।  भारतको तीनदिने औपचारिक भ्रमण सेकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । मन्त्री ज्ञवाली शनिबार अपरान्ह नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्किएका हुन् ।भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार भएको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका थिए ।

ज्ञवालीले स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि प्रयास गरे पनि सफल भएन । त्यसअघि मन्त्री ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरे भने शनिबार नै नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए । त्यहाँ उनले नेपालले सुगौली सन्धिलगायत ऐतिहासिक प्रमाणका आधारमा नयाँ नक्सा प्रकाशित गरेको दाबी गरेका थिए ।

    त्यस्तै शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय नेपाल भारत स‌ंयुक्त आयोगको बैठक सम्पन्न भएको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयश‌ंकरले गरेका थिए ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार