लुम्विनीका बौद्ध सम्पदा र विकास कोष नयाँमन्त्री र पर्यटकको पर्खाइमा

203

भैरहवा १३ साउन । रुपन्देही जिल्ला भित्र सार्वजनिक यातायात चल्न थालेको २० दिन भन्दा बढी भइसक्यो । आइतबारबाट लामो दुरीका यातायात पनि सञ्चालन भइसकेको छ । तर बुद्धजन्मस्थल लुम्बिनी भने अझै खुलेको छैन ।  कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि बैशाख १६ गतेबाट रुपन्देहीमा निषेधाज्ञा लगाइएको थियो।

असारबाट निषेधाज्ञा खुकुलो भएर, क्रमश निजी गाडी, जिल्ला भित्र सार्वजनिक यातायार र केही दिन यता लामो दुरीका सार्वजनिक बसहरु पनि चलेका छन् । निषेधाज्ञाका कारण सुनसान लुम्बिनीमा यातायात सुचारु भएसँगै विस्तारै चहल पहल बढ्न थालेको छ । जिल्ला भित्रबाट मात्र नभई टाढा टाढाबाट पनि लुम्बिनी घुम्न आउन थालेका छन् । मायादेवी मन्दिर लगायत अन्य विहारहरुको अवलोकन गर्न पाउँदैनन् । 

सबै क्षेत्र खुल्दा लुम्बिनी खोल्न पनि विकास कोष तयार छ । तर सरकारले निर्णय गरेको छैन। नयाँ सरकार गठन भएर मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुँदा पनि लुम्बिनी खुल्ला गर्ने भन्ने बारे निर्णय हुन नसकेको हो । अझैसम्म संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री नियुक्त हुन सकेको छैन । पर्यटनमन्त्री लुम्बिनी विकास कोषको पदेन अध्यक्ष हुने व्यवस्था छ । नयाँ मन्त्री नियुक्त भएर आएपछि लुम्बिनी खुल्न सक्ने कोषका सुचना अधिकृत राजन बस्नेतले बताए । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार