एक सातामै अस्ताए वास्तविक संघर्षशील र जुझारु ती योद्धाहरु, तर पाएनन् वाचुञ्जेल कुनै अवसर

1092

कपिलवस्तु १३ जेठ । यो पछिल्लो एक साता कपिलवस्तुको कम्युनिष्ट आन्दोलनकालागि ठूलो धक्काका रुपमा देखा परेकोछ । कतिपय आफूलाई कम्युनिष्ट भन्नेहरुले अभिवादन गर्दै संघर्षशील र जुझारु अभिवादन भन्ने गर्छन । कपियले हात मिलाएर बेतोडले छोपेर जुझारुपन देखाउन खोज्छन् । तर मैले वास्तवमा कम्युनिष्ट कार्यकर्तामा देखेका केहि जुझारु मध्ये यसै सातामा अस्ताएका २ पात्र  वास्तविक संघर्षशील र जुझारु योद्धाहरु थिए । 

 हो ती  दुई योद्धा अर्थात दिपक पाण्डे र सन्तोषी पाण्डे यतिबेला हाम्रो बीचवाट सदाकालागि अस्ताएका छन् ।यी दुबै आफ्नो जीवनभर निडर र खरो स्वभावका लागि परिचत रहे  । दिपक पाण्डे राजनीतिमा सधै कम्युनिष्ट रहेनन्  । केहि समय उनी मधेस आन्दोलनको एक योद्धा बन्ने कोशिस गरे । तर पनि फेरी कम्युनिष्ट आन्दोलनमै फर्कन वाध्य भए । सन्तोषी जीवनभर कमयुनिष्ट बनिन । पाटीका लागि सबै त्याग गरेर जहा जिम्मा पाउछ त्यहा खट्ने एक इमान्दार कार्यकर्ताको रुपमा रहिन । दिपकको ब्यक्तिगत रीस इविका कारण हत्या गरियो । उनलाई पनि मृत्यु कारखानाको रुपमा चिनिएको भैरहवा मेडिकल कलेजमा पुरयाइयो । सयममा राम्रो उपचार पाउन नसक्दा जीवन त्याग गरे ।

हो दिपकका कतिपय कुराहरु  कम्युनिष्ट शैली र आचरणका कसीमा केहि आलोचना योग्य थिएन होलान तर उनले नेकपा माओवादी सत्तामा रहदाका बखत उययुक्त अवसर पाउन भने सकेनन् । कपिलवस्तु अस्पतालको अध्यक्ष बन्न उनले गरेका अनवरत प्रयास माओवादी पार्टीकै तत्कालिन प्रदेश मन्त्री सुदर्शन वरालले सुनुवाइ गरेनन् । ठूलो नेता दाहिना हुने हो भने एउटा अस्पतालको अध्यक्ष बन्न वर्षाै संघर्ष गरेर पनि असफल हुने स्थिती हो र ?  उनी बेठिक थिए भने अर्काे ठिक मान्छे नियुक्ती गरेर पाठाएको भए सायद दिपकले चित्त बुझाउन सक्थे । त्यो पनि भएन उनलाई पनि दिइएन । सायदै मृत्यूसंगको अन्तिम लडाईमा उनी कपिलवस्तु अस्पताललाई नै संझदै थिए होलान ।  

 भन्न खोजिएको तथ्य हो खास गरी एमाले र माओवादी मिल्दा वा अलग अलग हुदा धेरै कार्यकर्ताले लाभको स्थान पाएकाछन् । पदीय हैसियत दुरुपयोग गरी अकुत कमाएका छन् । तर यी दुई पात्र सधैव माओवादीमा कृयासिल रहे । तर खास कुनै अवसर पाएनन् । सन्तोषी सरहका धेरै नेतृले देशको झण्डा हल्लाउने हैसियत पाए । पटक पटक लाभको पदमा आसिन रहे । तर उनको कठोर जीवन उच्च नेताको नजरमा परेन वा संयोग जुरेन उनी सधैव शिवराज महाराजगंज र तौलिहवा सेरोफेरोमा पार्टीको काममा खटिने कुरालाई नै अवसर ठान्ने अवस्थामा रहिन ।संघर्ष गर्दा गर्दै अन्तिम शास फेरीन । 

उनले आइसियूमा अन्तिम सास लिदै गरेको भिडियो उनकै फेसबुकवालमा देखेपछि मलाई वास्तविक रुपमा कम्युनिष्टमा लागेर जिन्दगी भर योगदान गरेका तर उच्च नेताको कृपा पाउन नसक्दा सधैव सिमान्तकृत बनेका सन्तोषी जस्ताको हालत यस्तै त हुने होला भन्ने भावुकता पैदा भयो । भिडियोमा सन्तोषी मुखमा अक्सिजन लगाएको आइसियु वेडमा अन्तिम सास लिन पहल गरे जस्तो कुरुवाले छोपेर अडाएको पल्स रेट वढेर १३६ भन्दा माथि पुगेको मुटुले सहि गति नदेखाएको दृष्य आफैमा कारुणीक छ। 

यसपछि मैले विभिन्न माओवादी नेता र हिजो नेकपा हुदाका आजका एमालेका नेताका फेसबुक वाल हेर्ने जमर्काे गरें। सबै भन्दा पहिले मेरो ध्यान गयो निर्मल पौडेलको फेसबुकमा उहाले लेख्नु भएकोछ —अस्तिको दिन म, बिष्णु शाह , हुमनाथ पौडेल अस्पताल पुगेर स्वास्थ अवस्था बुझेका थियौ । आज भेन्टिलेटर खोज्दै थियौ ।  बचाउन अनेक प्रायत्न गर्दा पनि सम्भव भएन ।जिल्ला नेता क दिपकको अन्तिम सस्कार गरेर फर्कन नपाउदै अर्को अकल्पनिय क्षेती हुन पुग्यो ।महिला केन्द्रिय सदस्य, जिल्ला पार्टी सचिवालय सदस्य एक होनहार सामाजिक योद्धा क. सन्तोसी पान्डे प्रति भावपुर्ण श्रदान्जली । उहालाई भैरहवाको  भीम अस्पतालमा नराखेर  काठमाडौतिरै पठाएको भए वचाउन सकिने स्थिती थियो की भन्ने उहाको आसय छ। 

यता एमालेकी केन्द्रिय नेत एवम  कपिलवस्तु इन्चार्ज विमला घिमिरेले लेख्नु भएकोछ —अत्यन्तै पीडा भएको छ ।अति मिलनसार ,महिला आन्दोलनको सहयोद्धा कमरेड सन्तोषी पान्डे हामी विच रहनु भएन ।हार्दिक श्रदासुमन कमरेड । यस्तै प्रदेश सांसद विष्णुु पन्थीले लेख्नु भएको छ —कपिलवस्तुका जुझारु महिला नेता कमरेड सन्तोषी  पाण्डेको दुःखद निधन संगै महिला , सामाजिक ,बामपंथी र लोकतान्त्रिक आन्दोलनमा अपुरणिय क्षति भएको छ । शोकाकुल परिवारमा हार्दिक समवेदना कमरेड संन्तोषी तपाईंको अभाव सधै खडकिनेछ । सधै स्मरण गर्नेछौ । भावपुर्ण श्रन्द्वाञ्जली ,अल बिदा। 

मैले सन्तोषीसंग नजिकवाट काम गरेका लुम्विनीका केहि नेताहरुको फेसबुक हेरें । जस्तो चक्रपाणी खनाल बलदेव ,गिरधारीलाल न्यौपाने , ओनसरी घर्ति ,जग प्रसाद शर्मा ,टोप वाहादुर रायमाझी आदी । तर उहाहरुले सन्तोषीलाई श्रद्धासमुन अर्पण  गर्ने समय पाउनु भएन वा सामाजिक मिडियामा आउन चाहानु भएन ?  अनुत्तरीत नै रहयो । एउटा गंभिर सवाल भने के देखा परेको छ भने हिजो सन्तोषी पाण्डे सकृय राजनीतिमा हुदा लुम्विनीको माओवादी आन्दोलनमा हिजो पनि यी नेता थिए र आज पनि छन् । सन्तोषीलाई वाचुञ्जेल त कुनै लाभको अवसर दिलाउन यी नेताले सकेनन् वा खोजेनन् मरेपछि श्रद्धाञ्जली दिन समेत सायदै भ्याएनन् ? यो नै अहिलेको विकृत कम्युनिष्ट आन्दोलनको यथार्थता हो । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार