हुलाकी सडक निर्माण नरोक्नु : उच्च अदालत ,निर्माण तीब्रपार्ने मेयर सिंहको उद्घोष

213

कपिलवस्तु १२ साउन  उच्च अदालत तुलसीपुरको बुटवल ईजलाससले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई नरोक्न आदेश दिएको छ । अदालतले निर्मँणलाई  निरन्तरता दिन भनेको हो । हुलाकी सडक आयोजना कपिलस्तुले एक साताको समयसीमा दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरेपछि त्यस बिरुद्ध ३ जनाले निषेधाज्ञा उत्प्रेषण र परमादेशकालागि गत साउन ५गते फरक फरक २ वटा रिट दायर गरेका थिए । स्थानीय कालीपद शर्मा, रोहित उपाध्यया र सुरेश शर्माले हुलाकी सडक आयोजना, प्रशासन कार्यालय र कपिलवस्तु नगरपालिका माथी सो काम रोक्का हुन पर्ने माग गर्दै रिट दायर गरेका थिए । 

         रिटमा न्यायधिश बावुराम रेग्मीको ईजलासले साउन ५ गते अल्पकालीन अन्तरीम आदेश  जारी गर्दै साउन १२ गते दुबै पक्षलाई छलफलकालागि अदालतमा बोलाएको थियो । सोही बिषयमा सोमवार पक्ष र बिपक्षका कानुन ब्यवसायीहरुको प्रमाण पेश गर्दै बहास गरेपछि गत साउन ५ गते दिईएको अल्पकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी भएको कपिलवस्त् नगरपालिकाका कानुनी सल्लाहकार हुम बहादुर कुवरले प्रेसपाटीलाई जानकारी दिनु भयो ।

        सोमवारको इजलाशमा न्यायधिशद्धेय बावुराम रेग्मी र केशवराज जोशीले सो ओदेश गरेका हुन । सडक ऐन २०३१ अनुसार हुलाकी राजमार्गको मापदण्ड तोकिएको, २०३१ भन्दा अघि निर्माण भएका संरचनालाई क्षतिपुर्ति दिने र घरबारबिहीन भएकालाई बसोबासको ब्यवस्था गर्ने भनी गत असार २५ गते प्रशासन कार्यालयमा निर्णय भएकोले काम रोक्ने अवस्था देखिएन  अदालतको आदेशमा भनिएकोछ । आधिकारिक निकायबाट भएको निर्णय सदायसताकासाथ कार्यान्वयन हुन्छ भनी बिश्वास गर्नु पर्ने र रिट निबेदनमा उठाईएका अन्य बिषय अन्तिम आदेश हुदाका बखत सम्बोधन नै हुने आदेशमा उल्लेख गरिएको छ ।

       रिट निबेदनको पक्षबाट अधिबक्ता हीमलाल न्यौपाने, बिपक्षी कपिलस्तु नगरपालिकाको तर्फबाट बरिष्ठ अधिवक्ता  कमलराज जोशी र सालिकराम बन्जाडे सहायक न्यायअधिबक्ता धर्मराज जोशीले बहस गरेका थिए । अदालतको सो आदेशसंगै अब हुलाकी बाटो निर्माणेकालागि बाटो खुला भएको कपिलस्तु नगरपालिकाका मेयर किरण सिंहले वताउनु भयो ।  उहाले अब हुलाकी राजमार्ग आयोजनासंग समन्वय गरी सडक निर्माणको काम तीव्र रुपमाअघि बढाईने प्रष्टयाउनु भयो  ।

        अहिले तौलिहवा सडक क्षेत्रमा बनाईएका संरचनामहरु धमाधम हटाइएको छ । तौलिहवाको जमुहार टोल देखि छोटकी तौलिहवाको मस्जिद  सम्म २३ सय ४० मिटरमा २ सय ७३ वटा संरचना सडक क्षेत्रमा छन । यस्तै जमुहार देखि भवानी भिक्षु सम्म भने ५ सय ७३ वटा संरचना सडकमा परेको कपिलसतु नगरपालिकाले जनाएको छ ।  ती सबै भत्काउने काम अधिकांस स्वयम घरपसल धनीले गरेका छन् भने केहि संरचनमा मात्र डोजर लगाइएको छ ।  


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार