दोश्रो लहरमा दाङका १४ पत्रकार संक्रमित ,१को मृत्यू १को अवस्था गंभिर

172

दाङ २५ बैशाख । दाङका १४ सहित जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका १४ जना मध्ये एक जनाको मृत्यु भएको छ भने एक जनाको अबस्था गम्भिर भएर भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको नेपाल पत्रकार महासंघ दाङले जनाएको छ । अन्य १२ जना पत्रकारहरु अहिले होम आइसोलेसनमा बसेको नेपाल पत्रकार महासंघ दाङ अध्यक्ष दुर्गालाल केसीले जनाकारी दिएका छन् । कोरोना संक्रमित पत्रकारहरुको नियमितरुपमा अबस्था बुझिरहेको अध्यक्ष केसीले बताए ।

त्यसैगरी नेपालमा अहिलेसम्म ६ सय ५० जना पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासङ्घका अनुसार अहिले २ सय ५२ जना सक्रिय सङ्क्रमित छन् ।प्रदेश नम्बर एकमा १८, प्रदेश दुईमा ९, वाग्मती प्रदेशमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३०, सुदूरपश्चिममा ३० र उपत्यकाका तीनवटा प्रदेशमा १ सय १७ जना पत्रकार सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेकोमा ४ जना आईसीयूमा छन् । अहिलेसम्म ७ जना पत्रकारको ज्यान गएको महासंघले जनाको छ ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार