चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने पक्राउ

88

काठमाडौं १६ साउन । साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् ।चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । उनी न्यूरोडको सुन पसलमा काम गर्छन् ।उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबारै पक्राउ गरेको परिसर स्रोतले अनलाइनखबरलाई बतायो । उनीबाट चाँदीमा सुनको जलप लगाउन निर्देशन दिने व्यक्तिबारे पहिचान खुलेको भनिएको छ ।

           यद्यपि, विस्तृत विवरण प्रहरीले खुलाइसकेको छैन । बरु शुक्रबार दिउँसो चलाइएको अपरेशनमा प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठाबाट एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ । जसको परीक्षण हुन बाँकी छ ।दरबारमार्ग प्रहरीका प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले डीएसपी रञ्जन दाहाललाई गलत सूचना दिएर अभियुक्त भगाउन सघाएका थिए । थप अनुसन्धान महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले गरिरहेको छ ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार