जनताले संसदको फोहोरी खेल भन्दा छिटो चुनाव चाहन्छन् :शर्मा

209

कपिलवस्तु १९ फागुन । नेकपाका केन्द्रीय सदस्य एवं कपिलवस्तु सहसंयोजक डम्मर शर्माले अव संसद भित्र खरिद विक्रीको फोहोरी खेल हुने वताउदै यस्तो खेल जनताले नचाहेको र चुनाव नै अन्तिम विकल्प भएको दावि गर्नु भएको छ । उहाले अनेमसंघ जिल्ला समिति कपिलवस्तुको मंगलवार गोरुसिंगेमा बसेको बैठकमा संवोधन गर्दै महिलाहरु शसक्त ढंगले सरकारले गरेका काम ,पाटीको निति तथा कार्यक्रम लिएर गाउँ जानु पर्ने बताउनु भएको छ । जनतालाई पारेको भ्रम चिर्न अब ढिलाई गर्न नहुने उहाँको भनाई थियो । 

आफ्नो सरकारलाई ढालेर बिपक्षिलाई सरकार बनाउन  दैला चाहार्नेहरुलाई अब जनताले चिनी सकेको समेत नेता शर्माले जनाउनु भयो । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवं संघका जिल्ला संयोजक शारदा शर्माले अब महिलाहरु गाउँ गाउँमा बास्तबिक कुरा लिएर जाने बताउनु भयो । कार्यक्रममा बोल्दै संघका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज सुर्य कुमारी शाहीले  अब सबै महिलाहरु नेकपा केपी ओलीकै मुलधारमा आउन पनि सबैलाई आग्रह गर्नु भएको छ । 

कार्यक्रममा बोल्दै जिल्ला  प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले सत्य र यर्थात् कुरा जनसमक्ष लैजानु पत्रकारको दायित्व रहेको बताउनु भयो । पत्रकारले सहि कुरा जनतामा नपुर्याउदा बेला बेलामा भ्रम सृजना हुने गरेको उहाँले जनाउनु भयो । वैठकले संगठन बिस्तार गर्ने , यहि आउदो फागुन २४ गते  अर्थात् ८ मार्चको  दिन मनाइने अन्तरराष्ट्रिय महिला श्रमिक दिवस मनाउने निर्णय भएको संघले जनाएको छ । उक्त दिन जिल्लाको गोरुसिंगेमा प्रशिक्षणात्मक कार्यक्रम गरि दिवस मनाइने संघका सचिव एवं  प्रदेश सदस्य  चेतना अधिकारीले जानकारी दिनु भयो । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार