५ पाण्डवलाई निर्मल कुमारको प्रश्न कौरवको जस्तो चरित्र बोकेर युधिष्ठीर कसरी बन्ने ?

671

कपिलवस्तु ५ मंसिर । यतिबेला नेकपाको शिर्षतहमा ८/१० दिनको युद्ध विराम भएको छ । त्यसअघि ५ भाई एक मोर्चा र ४ भाई अर्काे मोर्चामा रहेर युद्ध मोर्चामा सामेल थिए । कसले कसलाई सिध्याउने भन्नेमा लागि परेकै थिए । अवको दिनमा कसरी लाग्ने हुन एकिन छैन । तर यसबीचका करिव १५/२० दिनमा नेकपाका धेरै नेताहरुले सामाजिक मिडिया र आम संचारका माध्यमवाट गुटयुद्धमा सामेल भएका छन् । एकले अर्का समुहलाई छेडखाड गरेका छन् । भए नभएका पोल खोलेका छन् । सोसियल मिडियाका वालहरु नेकपाका नेताका लाज छोप्न नसक्ने अवस्थामा रंगिएका छन् । 

    तर कपिलवस्तुवाट राजनीति पृष्ठभूमी वनाएका एक शालिन स्वभावका केन्द्रिय नेता डोर प्रसाद उपाध्याय( निर्मलकुमार) ले भने यस बीचमा निकै मार्मिक फेसबुक स्टाटस लेख्दै नेतृत्वलाई खवरदारी गर्नु भएको छ । उहाका स्टाटसले स्वयम उपाध्याय खास कुन गुटको हो भन्ने छुटयाउन गाह्रो छ तर लेखिएका सन्देश मार्मिक रहेकाले प्रेसपाटीकालागि ती सामाग्री यहा प्रस्तुत गरिएको छ । 

    पार्टी बैठक र जसंपर्कमा रहेर काम गर्न नपरेपछि फुर्सदिला केन्द्रिय नेता निर्मल कुमारले नेतृत्वलाई सुझाव दिदै लेख्नु भएको छ —“हामी रहेको पार्टी नेकपा भित्र पत्रले पत्रलाई पत्रद्वारा पत्राचार गरिने नयाँ बिधीको अभ्यास चलिरहेको देखियो ।अब उप्रान्त कसैले पनि मुखले जबाफ लिनु दिनु नपर्ने भए पछि भएन त सम्बृद्धी ? बिधी निती र नयापनको अनुपम अभ्यास रे । अव अर्को बैठकमा लिखित पत्र लेख्ने पालो कसको हो ? कुरेर बसौ है त । हाम्रो गज्जबको राजनिति । 

    निर्मल कुमारको  यतिमा मात्र स्टाटस श्रृंखला रोकिएको छैन १ नोभेम्वर  देखि १७ नोभेम्वर सम्म आईपुग्दा प्रचण्डको पत्र ओलीको जवाफ र फेरी प्रचण्डको प्रस्ताव आएपछिपछि उहा लेख्नु हुन्छ — प्रस्तुत लिखत  नेपाली जनताको मर्म र भावना हो ।यद्दपी प्रस्तुत किटानी जाहेरीले आम माफी दिने बाटो पनि खुल्ला गरेको छ ।जाहेरी र प्रस्तुत कर्ताका सिमा र समस्या पनि छन ।तर अहिलेको अन्तर्बिरोध र पार्टी एकताका आधार जोगाउन यो लिखत बाहेक अर्को बिकल्प पनि थिएन । किटानी जाहेरी आइसके पछि बैठकबाटै जबाफ दिउ  सडक बाट होइन ।तसर्थ लिखत बाट भाग्ने, फिर्ता लिने वा  बहसबाटै भाग्ने र सर्बसत्ताबादी हर्कत दोहोराउने गल्ती कसैबाटगरिनु हुन्न ।अझ यो प्रस्ताव भन्दा अघी बढेर समाजबादी शक्ती हरुका बिचमा नया ध्रुबिकरण को ढोका खोल्ने साहास गरिनु पर्दछ ।

    निर्मल कुमार फेरी लेख्नु हुन्छ — बादीले स्पस्ट रुपमा किटानी जाहेरी सहित लिखत पेश गरे पछि उत्पन्न गर्मी छल्न प्रतिबादी शितल खोज्दै भौतारिएको देख्दा यिनको मुद्दा कमजोर हुने देखियो । शितल बासले मात्र समस्या हलहुने होइन बरु संकट थपिदिन्छ ।के बुझे कुन्नी यिनले ? बरु जनतालाई अपिल गरेर प्रतिबादी लाएको भए हुने थियो कि ? फिराद पत्र कमजोर हुँदा फैसला पनि कमजोर हुन्छ । हेरौ बहस पैरबी मा जित कसको हात पर्छ । 

    अझ अगाडी लेखेको स्टाटस यस्तो छ —बिचार राजनिती र कार्यदिशामा अलमल भएपछि लेनदेनबाट समस्याको समाधान खोजिनु स्वभाबिक हो ।उच्च स्तरको संघर्सबाट उच्चस्तरको लेनदेन गर्नु सर्बसत्ताबादको चरीत्र हो ।बैठकले बैठकको मिति  तय गर्ने कुराले मात्र पार्टी चल्दैन ।हबेलीबाट फेरी पनि लेनदेनको उच्चस्तरिय मोलमोलाई पनि चलिरहेकै छ ।त्यसैले पदको लागि हुने हाट बजार  बन्द गरौ र बिचारको नया बहस  शुरु गरौ । 

    उहाले लेखेको अर्काे स्टाटस यस्तो छ —बिबेक बन्धकमा राख्ने पार्टी नेतृत्वको सोच, कार्यसैली र चिन्तन बन्ध्याकरणमा परी सकेको छ । बन्ध्याकरणमा परेको बिचारबाट सम्बृद्धि जन्मदैन । यसको काम बैठकबाट बैठक तोक्ने सम्म मात्र हो । त्यसैले या त हबेली को फर्मान मान या त अघी बढ । देश र जनतामाथी तनाब न थोपर । बर्बाद भएको देशमा अब थप तमासा नदेखाउ ।उहाले फेरी अर्काे स्टाटस मार्फत भन्नु भएको छ — पार्टी भित्र  पाच पान्डवको मोर्चा त बन्यो । र त्यहाँ न त युधिस्ठिर छन न अर्जुन नै ।यदी यो  कौरब का बिरुद्धको मोर्चा हो भने पहिले युधिस्ठिर र अर्जुन बन्न प्रतिज्ञा गर्नुस । महाभारत सजिलो गरी जितिएको लडाइ होइन ।कौरबको जस्तै चरीत्र बोकेर अर्जुन बन्न सकिदैन । बिचार संगठनको पुनर्गठन र नया धुर्बिकरण आजको निकाश हो ।यसको पनि हेक्का राख्ने कि ?

    यस्तै उहाले लेखेको अर्काे स्टाटस यस्तो छ —दुबै कोट तिर आधुनिक राजाहरु नै बस्छन । फरक यती हो कि एउटा कोटमा महाराजाु बस्छन ।अर्कोमा राजा जस्तै रजौटाहरु बस्छन ।सबैको काम आ—आफ्नो बदनियत पुरा गर्नु हो ।यही तरिका हो भने देशको नक्सा त के देशै हराउन बेर छैन ।पौडेलको अर्काे स्टासट आएको छ नेताहरु प्रति कडा रुपमा । जुन यस्तो छ —स्वाभिमान बेचिएका र अपार्दर्सी नेताहरु भएको देशमा जनताले दुख पाउनु स्वभाबिक हो ।यहाँ त गणतन्त्रमा सही गर्नेहरु पनि पश्चगमनका सामु निरिह बनेको  देख्दा  पो उदेग लाग्छ ।गणतन्त्र बिरोधी ख्वामितलाई  बिन्ती पत्रको उपहार चढाएर हिजो  सम्राट अशोकका चेल हरु आज किन यती धेरै बुद्ध बने ? रहस्य खोजौ र पुरानो बिचार संगठन , आचारण र कार्यसैलीको पुनर्गठन गरौ । 

    भारतीय सेना प्रमुख नेपाल आउदै गर्दा त्यस अघि निर्मल कुमारले राशीफल नै लेख्दै भन्नु भएको थियो —अबको तीन दिनको  नेकपाको राशिफल ,कम्तिमा शुक्रबार सम्म नेकपाको सत्ता संघर्स रोकिने । शनिबार फेरी उठने ।दुई दिन भारतिय पाहुनाको सम्मानमा  युद्द बिराम । महामहिमबाट दलबारे अनुचित चासो ब्यक्त ।शनिबार बिबादले नयारुप लिने शुल शुलेद्वारा  जानकारी ।औपचारिक रुपमा पार्टी फुट्न थप समय लाग्ने जानकारी ।

    यस्तै अर्काे स्टाटसमा निर्मल कुमार लेख्नु हुन्छ —पार्टी फुटेकै छ ।एकता बचाउन गरिएको हार गुहार रहस्यको पुलिन्दा बाहेक केहि होइन ।पार्टी फुट्दा ठुलो आबाज सहित बम पट्के जस्तो गरी फुट्दैन ।फुट वा एकताले जमिन हल्लिदैन , कायापलट वा चमत्कार हुने छैन ।त्यसैले  कोलाहल नगरौ । कोलाहल गर्ने हरुको स्वार्थ बुझौ ।राजकिय सामन्तबाद र आत्म समर्पणबाद दुबै जनताका दुश्मन हुन । तीनलाई चिनौ र बिकल्प खोजौ ।

    यस्तै फेरी उहाले लेख्नु भएको छ —अहिले गरिएका भनिएका दौड धुप बास्तबिक एकताको लागी भन्दा पनि आआफ्ना स्वार्थका लागी हुन । हिजो पनि यस्ता दौडधुप थिए । ति सबै दौड्धुप देश र जनताको पक्षमा थिएनन भन्ने कुरा यो दुइ बर्षमा देखी सकियो ।भ्रस्टाचार, बेइमानी र लुट खसोट थन्काउने थलो बनाउनु भन्दा पार्टिको पुनर्गठन र नया धुर्बिकरण आजको आबस्यक्ता हो ।एकताको लागी फिदा बन्नु भन्दा बिचार सहितको  नया अध्याय शुरु गरौ । दुइ बर्षमा हामिले जनतालाई के दियौ र देशले के पायो ? आत्म समिक्षा गर्ने हिम्मत गरौ ।हो यहि आत्म समिक्षा गरेर पार्टीनेतृत्व शिर्षतहवाट सच्चीन सकेमा कम्युनिष्ट पार्टीको अस्तित्व रहनेछ । अन्यथा नेकपाका महासचिव विष्णु पौडेलले भने जस्तै ९ जना सचिवालयका नेता नेकपाका अन्तिम मलामी हुने निश्चित छ । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार