जुवा खेलिरहेका २९ लाख ४८ हजार ७ सय रुपैयाँ सहित १० जना पक्राउ

210

बाँके १३ कार्तिक । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुबास खड्काले पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारबाही हुने जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार