लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा गर्मी बढ्यो

48

भैरहवा १६ बैशाख ।केही दिनदेखि देशभरको तापक्रम बढिरहेको छ । काठमाण्डौसहित देशभर तापक्रम बढिरहेको मौसमविद् मञ्जू बासीले जानकारी दिईन । विशेषगरी पश्चिमी तराईमा गर्मी धेरै बढेको मौसमविद् बासीले बताईन । आज भैरहवाको तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियससम्म रहने अनुमान छ ।

भैरहवामा हिजो ४२ डिग्री सेल्सियस र अस्ति ३९ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको थियो । यस्तै नेपालगञ्जमा आज ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम रहने अनुमान छ । नेपालगञ्जमा हिजो ४० दशमलव ८ डिग्री सेल्सियससम्म र अस्ति ४० दशमलव ६ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेकोले अबको केही दिन गर्मी अझै बढ्ने मौसमविद्को भनाइ छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार