सक्रिय सङ्क्रमितको संख्या १४ हजार दुई सय ५५ पुग्यो

131

काठमाण्डौ २० मंसिर । आज २ हजार २ सय ६ जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या १४ हजार दुई सय ५५ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमित भएका मध्ये २ लाख २४ हजार ५३ जना निको भइसकेका छन् ।यसैबीच पछिल्लो २४ घण्टामा एक हजार २४ जनामा कोरोना सङ्क्रमण भएसँगै कोरोना सङ्क्रमित हुनेको संख्या दुई लाख ३९ हजार आठ सय ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा छ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ७७ पुगेको छ ।नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या १५ हजार भन्दा तल झरेको छ ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार