प्रजिअ पौडेलको चरणबद्ध बिदाई

163

कपिलवस्तु १९ फागुन । कपिलवस्तु नगरपालिकाको तौलिहवा स्थित  कार्यालयमा सरुवा भई दाङ जान लाग्नु भएका  प्रजिअ दीर्घ नारायण पौडेललाई विभिन्न कार्यक्रमका बिच चरणबद्ध  बिदाई गरिएको छ । सोही क्रममा स्थानीय तह ,उद्योग वाणिज्यसंघ ,सरकारी निकाय ,संघ सस्थाले विदाई गरेका हुन् । 


यता कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, उप मेयर लक्ष्मी साउ गुप्ता, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल सामाजिक विकास सल्लाहकार लगायतको टोलीले प्रजिअ पौडेलाई खादा फुलमाला र मायाको चिनो दिएर बिदाई गरिएको हो । सो अवसरमा मेयर सिंहले प्रजिअ पौडेलले स्थानीय पालिकासंग समन्वय गरेर काममा निकै सहयोग गरेको बताउनु भयो । 

हुलाकी बाटो निमार्णका क्रममा अतिक्रमण गरिएको संचरना हटाउनमा प्रजिअ पौडेलले ठुलो सहयोग गरेको भन्दै मेयर सिंहले प्रशंसा गरेका थिए । उनले जिल्लाको शान्ति सुरक्षा, अमनचयन, कोरोनाकालमा प्रअिज पौडेलले ठुलो भुमिका खेलेको बताए । प्रजिअ पौडेलले आफुलाई स्थानिय पालिका संचारकर्मी नागरिक समाजले सहयोग गरेको बताए । उनले आफुले कपिलवस्तु बसाईमा धेरैं माया पाएको र धेरै कुराहरु सिक्ने मौका समेत मिलेको बताए । 

सो अवसरमा उप मेयर लक्ष्मी गुप्ता, वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेल, ३ का अध्यष्क्ष प्रकाश गैरे लगायतले प्रजिअ पौडेलले १४ महिने आफनो कार्यकालमा जिल्लामा राम्रो काम गरेको बताए । सोही कार्यक्रममा तौलिहवा ग्र्ुपले समेत प्रजिअ पौडेललाई बुद्धको मुर्ति मायाको चिनोको रुपमा प्रदान गरेको थियो । यसै बिच प्रजिअ पौडेललाई प्रशासन कार्यालयमा कर्मचारी मिलन केन्द्रले समेत बिदाई गरेको थियो ।  


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार