पूर्वमन्त्री विश्वकर्माको भेन्टिलेटरमा उपचार हुदै

149

काठमाडौं, १६ कार्तिक । कोरोना संक्रमणसँगै निमोनिया समेत भएका नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।कोरोना संक्रमणपछि ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत पूर्वमन्त्री विश्वकर्माको स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरको सहायताले उपचार शुरु गरिएको उनका सहयोगी आकाश उप्रेतीले जानकारी दिएका छन् ।

    ‘भेन्टिलेटरमा पाँच दिनको उपचारको कोर्स पुरा गर्दा निमोनिया निको पार्न सकिने डाक्टरहरुको अपेक्षा छ,’ उप्रेतीले भने । ५३ वर्षीय विश्वकर्मालाई कोरोना संक्रमणसँगै निमोनिया पनि देखिएपछि आईसीयूमा उपचार शुरु गरिएको थियो ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार