पत्रकार देख्नासाथ कुट्ने र प्रहरीलाई पेट्रोल बम हान्ने शसस्त्र सुकुम्वासी को थिए ?

1114

बुटवल २६ असोज । मोतिपुर औद्योगिक करीडोरको जग्गा कब्जा गर्ने ूसुकुम्वासीू र कब्जा गर्न नदिने प्रहरीको प्रयत्न बारे करीव २०÷२५ दिन यता दिनहुं समाचार आई रहेको थियो।सार्वजनिक जग्गा कब्जा गर्न समुह बनाएको र बिभिन्न समितीका नाममा पैसा उठाउने गरेको सुचना आई रहेको थियो।जग्गा कब्जा गर्न आउनेहरुले कसै कसैले मन्दिर बनाउने भन्दै पैसा उठाउने गरेको थाहा पाएको थिए। तर त्यहा जांदा जोखिम हुन्छ भन्ने डरले गएको थिईन्।

आईतवार बिहान पनि मगरघाट निर तिनाउ पुलमा फोटो खिच्न खोज्दा पत्रकारको मोवाईल खोसेको हल्ला चलेको थियो तर कसको हो भन्ने थाहा पाउन सकिन्।दिउसो करीव २ बजे तिर मोतिपुरमा प्रहरी र जग्गा कब्जा गर्न आउनेहरुका बिच झडप भएको र एम्वुलेन्समा समेत सूचना पाएपछि सहकर्मी कृष्ण पाण्डे र म मगरघाट हुदै तिनाउ पुल तरेका थियौं।

तिनाउ नदि पुल तरेपछि हामी दक्षिण तर्फको गल्लीमा पस्यौं। त्यहा पुग्दा लुम्विनी टेलिभिजनका समाचार प्रमुख भगवती पाण्डे, सम्वाददाता बिकास पराजुली र बिष्णु घिमिरे हुनुहुन्थ्यो।तिनाउ पुल तर्नुभन्दा अगाडी नै हो हल्ला र गोली चलेको आवाज सुनेका थियौं निरन्तर गोलि चलेको आवाज आई रहेको थियो भने नारावाजी सहित पटका पडकेको आवाज पनि सुनिन्थ्यो।

हामी सुरक्षीत बसेर घटनाक्रम हेरी रहेका थियौं। करिव दुई घण्टाजती बस्दा प्रहरी र सुकुम्वासीका बिच झडप भई रहेको थियो।हातहातमा पेट्रोल बम लिएका युवाले प्रहरी माथी आक्रमण गरि रहेका थिए। थानका थान बियरका बोत्तलमा पेट्रोल कसरी आईरहेको थियो कसले बोतलमा भरेको थियो यो चासोको बिषय थियो। हामी त्यहा बसिरहेका पत्रकारहरु यसमै छलफल गरि रहेका थियौं।

त्यस प्रकारको अपराधीक खालको आन्दोलन र आक्रमण मैले अहिले सम्म देखेको थिईन्। हामी त्यसैले पनि सुरक्षित बस्नुपर्छ भनेर अलग बसेका थियौं।भगवती मेडमले धेरै घरमा पसेर सुरक्षित हुन्छकी भने घरभित्र पस्नका लागि ढोका खोल्न घरधनीलाई आग्रह गर्नुभयो तर कसैले दिएनन्।हामी असुरक्षित महशुस गरेपछि करीव ४ बजेतिर फर्किने तयारी गर्दै थियौं अचानक एउटा जत्थाले घेरा हाल्यो।

भिडले मलाई तैले भिडियो खेचेर हामीलाई के फाईदा भन्दै घुच्याउन थाले, एक दुई मुक्का हुदा हुदै भाटा प्रयोग गरिहाले । ४ जना अन्य पत्रकारका बिचमै रहेको म त्यो समुहबाट खोसिए।हेर्दा हेर्दै मलाई पल्टाएर कुटन थाले एकपटक उठेको थिए उठन नभ्याउदै टाउकोमा नराम्रो संग प्रहार भयो । मैले त्यस पछि केही थाहा पाईन कति कुटे कहाकहा कुटे।

केही बेरपछि मलाई सहकर्मी कृष्ण पाण्डेले उठाएर ल्याउनु भएछ। योगीकुटी चोक आईपुगेको थाहा छ।आक्रमण गर्नेहरुले मेरो मोवाईल खोसेर लगे मावाईलबाट भिडियो फोटो किन खिचिस भन्दै सुरुमा डिलिट गर भन्दै थिए, मोवाईल नै खोसेर लगेपछि उनीहरुले के गरे मैले थाह पाउने कुरै भएन । मेरो मोवाईल अहिले स्वीच अफ छ सायद उनीहरु मध्ये कसैसंग छ होला।

आन्दोलनकारीहरु स्थानीय जस्ता थिएनन् । स्थानीयले आ आफ्ना घरका ढोका बन्द गरेर बसेका थिए। त्यसैले पनि अनुमान गर्न सहज थियो सार्वजनिक जग्गा अतिक्रमण गर्न आएकाहरु स्थानीय थिएनन्।लुम्विनी अस्पताल पुग्दा घाईते प्रहरी खचाखच थिए,उनीहरुको उपचारमा प्रहरीलाई भ्याई नभ्याई थियो। सहकर्मी दिनेश श्रेष्ठसंगै अन्य पत्रकार साथीहरुले मलाई त्यहा तत्काल डे«सिङ पनि हुन नसक्ने अवस्था देखेपछि बुटवल अस्पताल प्रालिमा पु¥याउनु भयो।

अस्पताल पुग्दा सम्म पनि मनमा त्रास थियो टाउकोको चोटले केहि क्षती पु¥याएको छ कि भन्ने त्रास थियो।लुम्विनी टेलिभिजनका अध्यक्ष एजाज आलम सरले मुटु अस्पतालमा सिटि स्क्यान गरौं भनेपछि महासचिव दिनेश पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल र शिव काफ्ले मिलेर मुटु अस्पताल पु¥याउनु भयो।

सिटीस्क्यान गरेर रेष्ट गरेपछि मुटु अस्पतालमा करीव सिटी स्क्यानको रिर्पोट आयो । करिव दुईघण्टा आराम गरेपछि त्यहाबाट भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेज पुगेर टाउकोमा रहेको घाउमा टांका लगाए राती एक बजे डिस्चार्ज भएर घरमै आराम गरि रहेको छु।म अलमलमा परें अचानक भिडले पत्रकार भन्नासाथ किन आक्रमण गर्यो थाह पाउन सकिन। पत्रकारहरु दाहोरो झडपमा पर्दा घाईते हुने बिषय स्वभाविक हुन सक्छ। तर उनीहरुले योजनाबद्ध ढंगले आए अघि खिचेको फोटो भिडियो डिलिट गर मात्रै भनि रहे।

अहिले मलाई लागिरहेको छ उनीहरुले पेट्रोल बम बनाएर प्रहरीमाथी आक्रमण गरि रहेका थिए। त्यो प्रमाण हुनसक्छ भनेर त्यती चासो दिएका हुन सक्छन्।अहिले म आराम गरि रहेको छु। केही दिन काममा फर्किन सक्ने अवस्था छैन्। सरीर थिलोथिलो भएको छ। सरिरका बिभिन्न भागमा निलडाम छन्। टाउकोमा टांका लगाईएको छ। चिकित्सकाका अनुसर केही दिन अझै आराम गर्नू पर्ने हुन्छ।

मलाई उद्धार गरेर ल्याउनुहुने कृष्ण पाण्डे देखि मेरो स्वास्थ्यमा चासो राख्ने सबै प्रति आभार ब्यक्त गर्दछु । (सन्चारकर्मी बिश्व ज्ञवाली संग गरिएको कुराकनीमा आधारित)

समय चक्रवाट  साभार 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार