एमाले कपिलवस्तुको जिल्लामा २ जेठको कार्यान्वयन,पालिकाका संरचना यथावत

547

कपिलवस्तु २८ भदौ  । नेकपा एमाले कपिलवस्तुले जिल्लामा २ जेठ ,२०७५को अवस्थालाई कार्यान्वयनमा ल्याएको छ । पार्टीको केन्द्रिय कार्यदलले वनाएको १० बुँदे सहमति कार्यान्वयन गर्न तत्कालिन जिल्ला कमिटीको बैठक राखेर आवश्यक निर्णय एमाले कपिलवस्तुले गरेको हो । जिल्लाको  तत्कालिन १२१ सदस्यीय कमिटी र नेकपा विभाजन हुदा एमालेका तर्फमा खडा भएका माओवादी केन्द्रका २२  जना जिल्ला कमिटी सदस्य सम्मीलित १४३ सदस्यीय जिल्ला कमिटीको बैठक राखेर एमालेले १० बुदे कार्यान्यनमा ल्याएको हो । 



 सोही बैठकलाई संवोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज गिरीधारीलाल न्यौपानेले एमालेमा आउनेको लहर चलेकोले पार्टीका निति र कार्यक्रम लिएर गाउँ गाउँका नागरिक समक्ष पुग्न सबै कार्यकर्तालाई आग्रह गर्नु भएको छ । आइतवार गोरुसिंगेमा बसेको  पार्टीको जिल्ला कमिटिको ३० औं पुर्ण वैठकलाई सम्बोधन गर्दै नेता न्यौपानेले यस्तो बताउनु भएको हो । जनताको विश्वास एमाले प्रति भएकोले जनताका काममा दत्तचित्त भएर लाग्न  र उनीहरुको समस्या बुझ्न लाग्नु पर्ने नेता न्यौपानेले स्पष्ट पार्नु  भयो । नेकपा एमालेले कसैलाई गाली गर्दैन , अनुशासन र विधिमा रहेर राष्ट्रको हितमा काम गर्ने उहाँले दावि गर्नु भयो । 

कार्यक्रममा बोल्दै पार्टी प्रदेश कमिटी  सचिवालय सदस्य एवं प्रदेशका कार्यालय सचिव बलराम अधिकारीले बर्तमान अवस्थामा नेकपा एमाले झनै बलियो बन्दै गएको बताउनु भयो । उहाले एमाले विभाजन भएर नेकपा एसपाटीमा ३/४ जना जिल्ला कमीटी सदस्य लागेको भन्दै माओवादी छाडेर एमाले आउने जिल्ला कमिटी सदस्य २० भन्दा बढी भएकाले  कपिलवस्तु एमालेलाई घाटा होइन ठूलो फाइदा पुगेको उहाको भनाई थियो । 

कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष झविलाल पोखेलले पार्टीले आगामी दिनमा गर्ने योजनाका बारेमा जानकारी गराउनु भयो ।  आउदो कात्तिक ६ गते वडा कमिटिको  भेला र ९ गते  नगर तथा गाउकमिटिको भेला एकै साथ गरिने समेत उहाँले बताउनु भयो । उहाले जिल्ला कमीटी २ जेठमा फर्किए पनि पालिका स्तरका कमिटी यस बीचमा पुनरगठित भएकाले यथावत राख्ने निर्णय गरिएको वताउनु भयो । बाटो बिराएका सबैलाई पार्टीको मुलधार एमालेमै फर्किन अनुरोध गर्दै फर्किएमा पहिलेकै जिम्मेवारी दिएर समायोजन गर्ने स्पष्ट पार्नु भयो ।  पोखरेलले  थारु समुदायको पर्व बड्की आइतवारको अवसरमा सबैमा शुभकामना दिनु भएको छ । 

पार्टी सचिव बाबुराम आचार्यको सञ्चालनमा भएको कार्यक्रममा  क्षेत्र नं १का इन्चार्ज डम्मर शर्मा , क्षेत्र नं २ का इन्चार्ज बाबुराम खनाल , क्षेत्र नं ३ का इन्चार्ज सिबि गहतराजले क्षेत्रगत रुपमा रिर्पोटिङ गर्नु भएको थियो । जिल्ला नेता  इन्द्रमणि पौडेलले वर्तमान समसामयिक विषयमा बोल्नु भएको थियो ।बैठकमा एमालेका जिल्ला नेता डम्मर शर्माले पार्टीको संक्रमण कालमा जिल्लामा सहसंयोजकका रुपमा अत्यन्तै  कुशल भूमिका निर्वाह गरेको  भन्दै  उहालाई माथिल्लो कमिटीमा नेतृत्व  दिनेगरी आवश्यक तयारी भएको भन्दै विदाई समेत गरिएको थियो ।    


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार