प्रतीत्यसमुत्पाद

170

गौतमबुद्धले त्रिपिटकमा भन्नु भएको छ यो सिङ्गो श्रृष्टिमा विना कारण केहि पनि हुदैन । केहि घटना घट्नका लागि केहि न केहि कारण अनिवार्य हुनु पर्दछ । घटनासंग सम्बन्धित कुनै मुल कारण हुन्छन् भने कुनै सहायक कारणहरु पनि हुन्छन् । विना कारण यो संसारमा केहि पनि हुदैन, जे घटनाहरु घट्दछ, त्यसका पछाडि कुनै न कुनै कारण अवश्य हुन्छ । मुलकारणलाई हेतु भनिन्छ भने सहायक कारणलाई प्रत्यय भनिन्छ । त्यसैले यसलाई हेतु प्रत्यय पनि भनिन्छ । उदाहरणका लागि धानको विउ त्यसै उम्रिदैन, विउ उम्रिनका पछाडी कुनै न कुनै कारणले काम गरेको हुनु पर्दछ । विउ उम्रनका लागि माटो, पानी, तातोपना, प्रकाश र वातावरण आवश्यक पर्दछ । यि कार्यहरुका कारण धानको विउ उम्रन्छ । यि मध्ये कुनै कुरा भएन भने धानको विउ उम्रदैन । अर्थात विना कारण धानको विउ उम्रदैन । विउ उम्रनका लागि हेतु र प्रत्यय हुनु आवश्यक पर्दछ । हेतु र प्रत्ययवाट कार्य सम्पन्न हुन्छ । बुद्धले यो सिंङ्गो श्रृष्टि कुनै ब्यक्ति वा अदृष्य शक्तिवाट संरचित होईन । श्रृष्टिको संरचना हुनु हेतुफल हो भन्ने कुरालाई स्पष्ट पार्नु भएको छ । मानिस तृष्णाका कारण भव सागरमा जन्मजन्मान्तर सम्म घुमिरहन्छ । जसलाई भव तिष्णा पनि भनिन्छ । जव तृण्णाको निर्मूलीकरण हुन्छ उ मुक्त हुन्छ । पुनः जन्म मरणको चक्रमा आउनु पर्दैन । 

बुद्धद्धारा संरचित महत्वपूर्ण सिद्धान्तको रुपमा प्रतीत्यसमुत्पादलाई लिईन्छ । प्रतीत्यसमुत्पाद  दुईवटा शब्दहरु मिलेर बनेको छ प्रतीत्य भन्नाले भन्नाले आश्रय वा भर पर्नु र समुत्पाद भन्नाले उत्पत्ति हुनु वा देखा पर्नु वा अस्तित्वमा आउनु भन्ने हुन्छ । यसलाई कुनै कुरामा आश्रित भई अर्को पक्षको उत्पन्न गर्नु हो भन्ने हो । बौद्ध सिद्धान्तमा प्रतीत्यसमुत्पादलाई “अस्मि सति इदं भवति” अर्थात यो भए पछि त्यो हुन्छ भनेर बुझिन्छ । यसको उत्पत्तिले उसको उत्पत्ति हुन्छ भन्नु हो । अर्थात यसको निरोधले त्यसको निरोध हुन्छ भन्ने हो । एक कारणले अर्को कार्य उत्तपन्न हुन्छ भन्नु हो । कुनै कारणले अर्को कुराको श्रृजना हुने भएकाले प्रतत्यिउत्पाद भनिएको हो । प्रतीत्यसमुत्पाद एक चक्र हो, यसका बाह्रओटा अंगहरु रहेको हुन्छन् । जसमा एकको कारणले अर्कोको उत्पत्ति भएको हुन्छ । प्राणीका कर्म र फल, सुख र दुःख सबै खास कारणका आधारमा नै प्राप्त हुन्छन्  र गुम्दछन् । जब सम्म कारण र कार्यको श्रृङ्खला रहन्छ जन्म र मरणको चक्रमा रहीरहन्छ । प्रतीत्यसमुत्पादका १२ अङ्गहरु रहेका हुन्छन् । यिनै १२ किसीमका खास कारणवाट हाम्रो जीवन सञ्चालित रहेको छ । प्रतीत्यसमूत्पादका १२ अङ्गहरु भूत, वर्तमान र भविष्यसंग सम्बन्धित हुन्छन् । यि अङ्गहरु भूत कालका कारण अविद्या र संस्कार हुन् भने, बर्तमानका कार्यहरुका कार्यहरुले विज्ञान, नामरुप, षडायतन, स्पर्श र बेदना हुन् भने बर्तमानका कारण तृष्णा, उपादान र भव हुन । त्यसै गरी भविष्यको कार्य जाती र जरामरण हुन् । जसलाई निम्नानुसार उल्लेख गरीएको छ

१. अविद्याः 

अविद्या भनेको कुनै पनि वस्तुलाई जस्ताको तस्तै देख्न वा बुझ्न नसक्नुलाई अविद्या भनिन्छ । दुःखलाई दुःखको रुपमा नबुझि सुख जस्तो ठान्नु अविद्या हो । अनित्यलाई नित्य र परिवर्तनशीललाई शाश्वत देख्नु अविद्या हो । अज्ञान, लोभ र मोह जस्ताकुराहरुको बशमा परेर चित्तलाई क्लेश र द्वेषयुक्त राख्नुका कारण अविद्याग्रस्त बनाउदछ । अविद्याका कारण चित्तमा क्लेशहरुले संस्कारहरु निमार्ण गर्दछन । त्यसैले त्रिपिटकमा बुद्धले भन्नु भएको छ “अविद्यायाप्रत्ययाःसंस्काराः” अर्थात अविद्याका कारण संस्कारहरुको जन्म हुन्छ ।  यो पूर्वजन्ममा भएका अविद्याका कारण यस जन्ममा पनि त्यहि प्रकारका क्लेशयुक्त चित्तहरु रहेका हुन्छन् । त्यसैले ब्यक्तिले वस्तुलाई जस्ताको तस्तै देख्न सक्दैन । यदि पूर्व जन्ममा अविद्यायुक्त चित्त भएमा यस जन्ममा असल सस्कारयुक्त चित्त अर्थात चित्तमा क्लेश रहित भई कुशल कार्यहरु गरिरहन्छ । 

२. संस्कार 

यहाँ संस्कार भन्नाले सामाजिक रिति थिति र समाजमा उसले गर्ने ब्यवहारको कुरा होईन । संस्कार भन्नाले पूर्व  जन्ममा गरेका कर्महरुको कारणले चित्तमा रहेको छाप वा प्रभावलाई संस्कार भनिएको हो । संस्कारका कारण राम्रो वा नराम्रो, असल वा खराव जस्ता धारणाहरुको विकास हुन्छ । राम्रो काम गरे  चित्तमा राम्रो संस्कारको जन्म हुन्छ । असल संस्कारका कारण विज्ञानको उत्पत्ति हुन्छ । संस्कार तीन प्रकारको हुन्छ , 

क. पुन्याभिसंस्कारः कुशल काम गर्दा चित्तमा हुने संस्कार 

सबै प्राणीहरुका लागि कुशल कार्यहरु जस्तो जीव हत्या नगर्ने, झुठो नबोल्ने, सहि अजिविका लगायतका कार्यहरु गर्नु कुशलकार्यहरु हुन  यस्ता कार्यहरुको कारणले उसको चित्तले मनुष्यभूमि, देबभूमि, ब्रम्हभूमिमा प्रतिसन्धि विज्ञान उत्पन्न हुन्छ ।

ख. अपुन्याभिसंस्कारः अकुशल काम गर्दा चित्तमा हुने संस्कार 

अकुशल कार्यहरु भन्नाले झुठो बोल्नु, चुक्ली लगाउनु, चोरी गर्नु, जीवहरुको हत्या गर्नु, अरुलाई घात गर्नु आदि अकुशल कार्यहरु हुन् । अकुशल कार्यहरुका कारण उसको चित्त नरक, तिर्यक, प्रेत, असुरकाय जस्ता भूमिमा प्रतिसन्धि विज्ञान उत्पत्ति हुन्छ ।

ग. अनिञ्ञ्यसंस्कारः धेरैलामो समयसम्म अरुपध्यानका प्रभाववाट चित्तमा भएका मलहरुको निष्कृयताको अवस्थालाई बुझिन्छ । यसमा चित्तमा रहेका क्लेशहरुलाई निर्मूलीकरण गरी देबभूमिमा चित्तलाई प्रतिसन्धि विज्ञान उत्पन्न हुन्छ । 

त्यसैले कस्तो कार्य गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । कुशल कार्यकाका कारण दुःखवाट मुक्त हुने मार्गमा अग्रसर हुन्छ भने अकुशल कार्यका कारण झन दुःखमा पर्दछ । जन्म जन्मसम्म जन्म र मरणका श्रृङ्गखलामा फसेका हुन्छ । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार