कोरोना संक्रमित अध्यक्षकोे अवस्था जटिल ,हेलिकप्टरवाट काठमाडौ पठाईयो

611

अर्घाखाँची ७साउन । कोरोना संक्रमित अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं। ८ किमडाँडाका वडाअध्यक्ष ईश्वरी प्रसाद भुसालको स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौं लगिएको छ । गत हप्ताको अन्त्य तिर कोरोना संक्रमित भएका वडाअध्यक्ष ईश्वरी प्रसाद भुसालको श्वास प्रस्वासमा समस्या भएपछि बुधवार साझँ ५ बजे हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो ।

भुसाल संक्रमण भए लगतै साउन ३ गतेदेखि  जिल्ला अस्पताल अर्घाखाँचीको आइसोलेसनमा उपचाररत थिए ।भुसालको श्वास प्रस्वासमा समस्या हुनुका साथै स्वास्थ्यमा कुनै सुधार नआएपछि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको अस्पतालले बताएको छ । श्री जनता मावी किमडाडाँका प्रध्यानाध्यापक रहेका ईश्वरी प्रसाद भुसालले २०७४ सालको स्थानिय निर्वाचनमा शिक्षकबाट राजिनामा दिएर नेकपा एमालेबाट सन्धिखर्क नगरपालिका वडा नम्बर ८ बाट अध्यक्षमा विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार