शेर वहादुर, प्रचण्ड र उपेन्द्रलाई मुख्यमन्त्री पोखरेलको आयो कडा जवाफ

123

रुपन्देही २० बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जवाफ फर्काएका छन्।आइतबार मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर पुन: मुख्यमन्त्रीको नियुक्ति र सपथ लिइसकेका छन्। उनी बहुमतविनै पुनस् मुख्यमन्त्री भएको भन्दै देउवा, प्रचण्ड र उपेन्द्रले विज्ञप्ति नै निकालेर विरोध गरेका थिए।

यसबारे सोमबार बिहान मुख्यमन्त्री पोखरेलले फेसवुकबाट जवाफ दिएका छन्। सूर्य चिन्हबाट चुनाव जितेका सांसदहरू कानुनी रूपमा पनि एमालेबाहेक अन्य दलमा हुन नसक्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ।‘सूर्य चिन्हबाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनीरुपमा समेत अन्यदललाई हुन सक्तैन। यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो,’ मुख्यमन्त्री पोखरेलले भनेका छन्।सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसदले मुख्यमन्त्री पोखरेललाई समर्थन नरहेको बताएका थिए भने नेकपा एमालेकै एक सांसदले राजीनामा दिएका थिए।

यस्तै नेकपाबाट चुनाव जितेकी सांसद विमलाकुमारी खत्रीले माओवादी केन्द्रमा सक्रिय हुने निर्णय गरेकी थिइन्।यस्तो अवस्थामा नेकपा एमालेको एकल बहुमत नपुग्ने दाबी प्रतिपक्षी दलहरूको छ। लुम्बिनीमा बहुमत पुग्न ४१ सांसद चाहिन्छ।तर आफू बहुमत रहेकै अवस्थामा मुख्यमन्त्री भएको पोखरेल दाबी गर्छन्।‘लुम्बिनीमा नेकपा (एमाले) प्रदेश सभा दल बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दावी गरिएको हो। दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो।

नियुक्ति पनि त्यसै आधारमा भएको हो। नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ,’ उनले भनेका छन्।आइतबार मुख्यमन्त्री पोखरेललेविरूद्ध प्रदेश सभामा अविश्वास प्रस्तावमाथि छलफल हुँदै थियो। उनले प्रदेश सभाको विशेष अधिवेशन पनि सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट अन्त्य गरिदिएका थिए।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार