रोल्पामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटना

244

रोल्पा १५ माघ । रोल्पामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् ।नेपालगञ्जदेखि रेउघा रोल्पा आउँदै गरेको ना ४ ख २२५७ नम्बरको ट्याङ्कर रोल्पा नगरपालिका १ भदौरे मन्दिर नजिक अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याङ्कर चालक नेपालगञ्जका ३६ वर्षीय अर्पणचन्द्र सिंहको ज्यान गएको र सहचालक भारतका बहराइचका १९ वर्षीय सुनीलशङ्कर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष केसीले जानकारी दिनुभयो ।दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा जिल्ला अस्पताल रेउघामा ज्यान गएको हो भने घाइते सहचालकको रेउघामा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ । ट्याङ्कर दुर्घटना हुँदा दुई हजार लिटर डिजल र नौ हजार लिटर पेट्रोल नष्ट भएको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार