२ लाख संक्रमण मुक्त ,सकृय संक्रमित २० हजार भन्दाकम

217

काठमाडौं ८ मंसिर ।नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाखभन्दा बढी पुगेको छ । सोमबार ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएसँगै कुल निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको हो । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८० जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सोमबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ । हाल १८ हजार ८८४ जना आइशोलेशनमा छन् भने ६२९ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १६ लाख ७० हजार ४५६ वटा पिसिआर गरिएको छ । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार