फरक घटनामा ३ को ज्यान गयो : थिचेर ,कुटेर र डुबेर मृत्यू

130

दाङ ६ साउन ।  सल्यानमा टिप्परको टायर फेर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कालिमाटी गाउापालिका वडा नं. २ सिमलकुनाका १९ बर्षीय ज्ञान बहादुर वली रहेका छन् ।कालिमाटी गाउँपालिका ३ रामपुरमा रोकी राखेको टिप्परको टायर फेर्ने क्रममा गाडीमा लगाएको जग भाँसिदा सहचालक वलीको घटना स्थलमै मृ’त्यु भएको हो । उनी कालिमाटीमा सडकको काम गर्ने कालिका कन्ट्रक्सनको ना १ क ४६२५ नम्बरको टिप्परको टायर फेर्दा दुर्घटना भएको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले बताएको छ ।

यता सल्यानमा दाइले भाइको हत्या गरेका छन् । मंगलवार राती घरायसी झगडा हुँदा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ निवासी १४ वर्षीय कपिल परियारले भाइ १३ वर्षीय सन्दिप परियारलाइ जुत्ता सिलाउने सियोले बायाँ कानमुनी प्रहार गरेका थिए ।घाइते सन्दिपको उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिए । सन्दिपको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्ज मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यःतै दाङमा सिँचाइको लागि बनाइएको कृतिम जलाशय (ड्याम) मा डुबेर एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका वडा न १ सिमलताराको गयरसोता रहेको ड्याममा पौडी खेल्ने क्रममा बुधबार बिहान त्यहीँ गाउँका एक जना डुबेर बेपत्ता भएको प्रहरीले बताएको छ ।अहिले सम्म बेपत्ता भएको व्यक्तिको नाम भने खुल्न नसकोको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए ।

स्थानियबासिन्दा र प्रहरीले हराएका व्यक्तिको खोजी गरिरहेको भए पनि बेपक्ता भएको व्यक्ति फेला पर्न नसकेको प्रनाउ रिजालले बताए । गएको वर्ष खनिएको ड्याम धेरै गहिरो भएको र दलदले माटो भएकोले पौडी खेल्न गएका युवा त्यही दलदले हिलोमा गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार