संबैधानिक आयोगमा लुम्विनीका ३ को नाम सिफारिस

314

कपिलवस्तु २८ बैशाख । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्ले लोकसेवा आयोगका सदस्यमा कपिलवस्तुका माधव बेल्बासेलाई नियुक्त गरेको छ ।परिषद्को आइतबार बसेको बैठकले निर्वाचन आयोगका सदस्यमा रुपन्देहिका  सगुनशम्शेर जबरालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।त्यस्तै आदिवासी जनजाति आयोग अन्तर्गत थारु आयोगका सदस्य पश्चिम नवलपरासीका डा. उमाशङ्कर चौधरी  सिफारिस गरिनुभएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परिषद्ले रिक्त संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य नियुक्त गरेको जानकारी दिनुभयो । यसअघि बसेको परिषद्को बैठकले आधा मात्र पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो । अहिले सबै संवैधानिक आयोग पूर्ण भएका छन् । पदाधिकारी विहीन हुँदा आयोगहरुले संवैधानिक उद्देश्यानुरुप काम गर्न सकेका थिएनन् ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार