आगलागीबाट ६ घर जलेर नष्ट

200

कपिलवस्तु १९ फागुन । कपिलवस्तुको यशोधरा गाउँपालिका ८  बाँसखोरमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ । गए राती ८ बजे आगलागी हुँदा ६ कच्ची घर जलेको छ । स्थानीय मानमती वढई, राम किशुन बढई, तिलकराम मुराउ, सोमई तेली र लालजीको घर पुर्ण रुपले जलेर नष्ट भएको सशस्त्र प्रहरी बल बर्डर आउट पोष्ट डंगेरीका सशस्त्र प्रहरी निरीक्षक शंकर शिंहले बताउनु भयो । आगलागीका कारण घर भित्र रहेको धनमाल, गहना, लत्ता कपडा तथा खाद्यान्न जलेर नष्ट भएको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार