लुम्विनीका ३ प्रयोगशालामा स्वचालित मेसिन,पहिलेका तुलनामा ५ गुणाबढी परिक्षण हुने

247

रुपन्देही २९ असोज ।प्रदेश ५मा छ वटा सरकारी र २ वटा नीजि क्षेत्रवाट संचालित प्रयोगशालामा पिसिआर परीक्षण हुदै आएकोमा ३ वटा पूर्ण स्वचालित मेसिन प्रयोगमा आएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोभिड १९ को पिसिआर परिक्षणकालागि पूर्ण स्वचालित मेसिन जडान भएसंगै स्वचालित मेसिनको संख्या ३ पुगेको हो ।

    स्वचालित आरएनए एक्सट्रक्सन मेसिनबाट पिसिआर परिक्षण गर्दा एक घण्टामा रिपोर्ट तयार हुन्छ । म्यानुअली आरएनए एक्सट्रक्सन गर्दा ६ घण्टा समय लाग्थ्यो । प्रयोगशालामा जडान भएको स्वचालित मेसिनले एक पटकमा २४ वटा नमूना जाँच गर्न मिल्छ । म्यानुअलको तुलनामा स्वचालित मेसिनले जनशक्ति र समय दुबै कम लाग्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ईञ्चार्ज प्रेम यादवले जानकारी दिनुभयो ।        

    प्रदेशको सामाजिक विकास मन्त्रालयले एक पटकमा ९६ वटा पिसिआर जाँच गर्न मिल्ने पूर्ण स्वचालित मेसिनको समेत खरिद सम्झौता गरिसकेको छ । मेसिन हस्तान्तरण पत्रमा बुझाउदै  बिश्व बजारमा प्रयोगमा आएका नयाँ प्रविधियुक्त उपकरणहरु प्रयोगशालाहरुमा जडान गर्दै जाने सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो । 

    प्रयोगशालाले यसअघि म्यानुअली आरएनए एक्सट्रक्सन विधिबाट कोरोना भाइरस संक्रमितको पीसीआर परीक्षण गर्दा ६ घण्टामा ११८ वटा मात्रै जाँच गथ्र्योे। जसअनुसार दिनमा १२ घण्टासम्म जाँच गरेमा एउटा पीसीआर मेसिनबाट जम्मा २३६ नमूना मात्रै जाँच हुन्थ्यो।‘अब दिनमा हजारसम्म जाँच गर्न सकिन्छ’, यादवले  भन्नु भयो । 

    प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अहिले ६ सय बढी नमूनाको लाम छ । पूर्ण स्वचालित मेसिनले परिक्षण थालेपछि त्यो लाम कम हुने प्रयोगशालाले जनाएको छ । अहिलेसम्म प्रयोगशालामा ३० हजार बढी नमूना परिक्षण भएको तथ्यांक छ । प्रदेश पाँचमा ६ वटा सरकारी र दुई वटा निजि प्रयोगशालाबाट पिसिआर परिक्षण भैरहेको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार