टी–२० क्रिकेटमा कुशल भुर्तेलको लगातार तेस्रो अर्धशतक

77

काठमाण्डौ ७ बैशाख ।  त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । प्रतियोगिताको चौथो खेलमा कुशल ४६ बलमा ६२ रन बनाएर आउट भए । उनले एक छक्का र आठ चौका प्रहार गरे । कुशललाई १४ ओभर तीन बलमा नेदरल्याण्ड्सका भिभियान किङ्गमाले आउट गरे । प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो । यही शृङ्खलाबाट टी–२० क्रिकेटमा डेब्यू गरेका कुशलले पहिलो खेलमा नेदरल्याड्सविरुद्ध ६२ रन र दोस्रो खेलमा मलेसियाविरुद्ध अविजति ६१ रन बनाएका थिए । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार