नेकपाकै कार्यकर्ताले बिथोले सुरेन्द्र सहभागि कार्यक्रम

201

चितवन ६ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को केन्द्रमा देखिएको विवाद जिल्लासम्म आइपुगेको छ ।पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका हुन् ।

    राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए ।उनले ‘मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नारावाजी गरेका थिए । ‘पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनमा उनलाई कुनै पनि कार्यक्रममा बोल्न दिदैनौं’ आचार्यले भने ।नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो ।

    नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले भने केही साथीहरुले कार्यक्रममा आएर उछ्रिंखलता देखाएको बताए । ‘उहाँले गुटका कुरा गर्नुभएको थिएन, तर साथीहरु आएर पार्टीको नाममा गुट गर्ने भनेर नारावाजी गर्नुभयो’ लामाले भने, ‘यसो नगरेको भए राम्रो हुन्थ्यो ।’

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार