जिससको चौध करोड दामासहीमा बाड्न माग

138

कपिलवस्तु २९ पुस। तत्कालीन जिबिस रहेको अवस्थामा कोषमा बचेको १४ करोड बढी रकम पालिकाहरुलाई दामासहीले निकासा गर्नु पर्ने कपिलस्तुका पालिका प्रमुखहरुले माग गरेका छन । समन्वय समिति गठन भए पछि तत्कालीन जिबिसका कोषमा ३१ करोड बढी रकम कोषमा रहेको थियो । त्यस मध्ये समन्वय समितिले पालिकाहरुलाई योजना मागका आधारमा ३० प्रतिशत लागत सहभागीतामा १७ करोड निकासा गरेको थियो । अहिले सम्म सो कोषमा १४ करोड बढी रकम रहेको जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले बताउनुभएको छ । 

  जिल्ला समन्वय समितिको तेश्रो जिल्ला सभामा पालिका प्रमुखहरुले सो माग गरेका हुन । बुद्ध्भुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले समन्वय समितिमा रहेको १४ करोड बढी रकम पालिकाहरुलाई दामासाहीले दिनु पर्ने माग गर्नुभयो । उहाले पालिकाहरुमा थुपै अधुरा कामहरु रहकोले सो रकम दिइए केही काम अघि बढने उहाले बताउनुभएको छ । महाराजगंजका मेयर अब्दुल कलाम खा, शिवराज नगरपालिकाका मेयर नेत्र प्रसाद अधिकारी, सुद्धोदन गाउपालिकाका प्रमुख निसार अहमद खाल लगातयका पालिका प्रमुखले सो रकम चाडै पालिकाहरुलाई दिनु पर्ने माग गर्नुभयो । 

    १४ करोड मध्ये समन्वय समितिले आफनो कार्यालयको हाता भित्र सुबिधा संपन्न सभा हल बनाउने योजना रहेको समन्वय समितिका प्रम्ुख खनालले बताउनुभएको छ । उहाले समन्वय समितिमा रहेको सो रकम पालिकाहरुलाई योजनाको मागका आधारमा दिईने बताउनुभएको छ । सभामा प्रमुख खनालले प्रस्तावित नीतिहरु र उप प्रमुख तारावती चौधरीले आब २०७६/०७७ को अनुमान तथा यहार्थत र आब ०७७/०७८ को अनुमान आय बिवरण प्रस्तत गर्नुभएको छ । सभा समन्वय समितिका प्रमुख खनालको अध्यक्षता र भुमी पोख्रेलको संचालनमा भएको थियो । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार