ज्येष्ठ नागरिक बोझ होइनन, अमूल्य गहना र मार्गदर्शक हुन्

530

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउँदै आएको छ । आज परेको ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवन यापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

  यो दिवस ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर मनाउने गरिन्छ । आज अक्टोबर १ गतेका दिन विश्वव्यापी रुपमा नै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा “म्ष्नष्तब िभ्त्रगष्तथ ायच ब्िि ब्नभक.” भन्ने नारा निर्धारण गरेको छ । 

  परिवारको लालनपालन सहित जीवनको अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई प्रयोग गरेर परिवार, समाज सुधार र राष्ट्रोत्थानमा ज्येष्ठ नागरिकहरूले पु¥याउनु भएको योगदानलाई हामी सबैले उच्च सम्मान गर्नु पर्दछ । ज्येष्ठ नागरिकहरूले जीवनभर सँगाल्नु भएको ज्ञान, सीप र अनुभवलाई ग्रहण गर्दै नयाँ पुस्ता अगाडि बढ्नु पर्ने देखिन्छ । अहिलेका प्रत्येक वृद्घ–वृद्घाको आफ्नो पहिलो दायित्व परिवारबाट सुरु हुन्छ । आफ्ना सन्तानको पालन पोषण, शिक्षा दीक्षा, सामाजिक दायित्व पूरा गर्दै राष्ट्रका लागि समर्पित भएर योगदान गरेका हुन्छन् ।

जब शारीरिक र मानसिक रूपमा अशक्त हुन्छन् तब परिवार, समाज र राज्यले ज्येष्ठ नागरिकमाथि कुनै न कुनै प्रकारले सेवा सुविधा उपलब्ध गराउन सकेको खण्डमा राज्य लोककल्याणकारी हुने थियो । नेपालको संविधान, २०७२ मा मौलिक हकअन्तर्गत भाग ३ को धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भन्ने उल्लेख छ । त्यही संविधानको मर्मअनुरूप महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बनेको छ । 

   सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ ले दलित नागरिकको हकमा ६० वर्ष उमेर पूरा गरेका र अन्यका हकमा ७० वर्ष उमेर पूरा गरेका नेपाली नागरिकले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ तर समय सापेक्ष एकरूपता हुन सकेको छैन । त्यस्तै ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को धारा ९ उपधारा १, २, ३ र ४ मा सार्वजनिक सावारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा ज्येष्ठ  नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्नु गराउनु र सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि कम्तिमा दुईवटा सिट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तिमा पचास प्रतिशत छुट दिनु पर्नेछ भनेर प्रष्ट उल्लेख भएता पनि  यातायात र स्वास्थ्यमा ५० प्रतिशत छुट सुविधा  हालसम्म प्रभावकारी कार्यान्वयन भएको छैन ।

सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई राज्यले वर्गीकरण गरी सम्पन्नताका आधामा क, ख, ग,घ  वर्गमा विभाजन गरी क्रमशः अति विपन्न परिवारलाई बढी प्राथमिकतामा राखेर बाड्न सक्यो भने र उमेर अनुसार पनि ६०–७०,७०–८०, र ८०भन्दा माथिको वर्गलाई  एक प्रकारको  वर्गीकरणमा राखी क्रमशः माथिल्लो उमेर समूहको वर्गलाई विशेष सुविधा दिन सके अझै प्रभावकारी हुने थियो ।

    कैयौँ समस्या र त्यसको भुक्तभोगी ज्येष्ठ नागरिकहरू समाजमा व्याप्त छन् । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, नियमावली, कार्यविधि बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुनुले ज्येष्ठ नागरिकले पाउने कानुनी सेवासुविधाबाट बञ्चित हुँदै गइरहेका छन् । यस्तो कानुनी प्रावधानलाई समय सापेक्ष संशोधन गर्न नसक्नाले ज्येष्ठ नागरिकको समस्या दिनानुदिन विकराल बन्दै गइरहेको छ ।

आ.व. ७८/७९ को बजेट वक्तव्यबाट ज्येष्ठ नागरिकको मासिक सामाजिक सुरक्षा भत्ता ४ हजार भएता पनि त्यसले ज्येष्ठ नागरिकका सम्पूर्ण समस्या समाधान हुन सक्दैनन् । सामाजिक सुरक्षा भत्ता मासिक रु ४ हजार बनाउँदा त्यसको प्रत्यक्ष लाभ ज्येष्ठ नागरिकलाई पुगे पनि उक्त रकम स्वयम् ज्येष्ठ नागरिकका परिवारबाट दुरूपयोग हुने कुरालाई नकार्न सकिन्न । त्यसैले राज्य लोककल्याणकारी राज्यका रूपमा पहिचान बनाउने हो भने ज्येष्ठ नागरिकमैत्री नीति नियम आउनु आवश्यक छ । त्यसैले ६० वर्षदेखि माथि ७० वर्षसम्म अनुभव, क्रियाशीलताका आधारमा अवसर सिर्जना गर्ने र समयसापेक्ष उमेरको क्याटागोरीको आधारमा वृद्ध भत्ता प्रदान गर्दा बढी व्यावहारिक हुन सक्छ । 

  भनाई छ नि “मातृदेवो भवः पितृदेवो भवः”,  “आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको” उपमाले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने पुरानो परिपाटीको ठाउँमा अहिले आएर सुड्डो बुढो, सुड्डीबुढी, गनगने बुढो, गनगने बुढी जस्ता शब्दले अपमानित हुन थालेका छन् । यी पङ्क्तिले बताउँछ ज्येष्ठ नागरिकमाथि कुनै न कुनै हिसाबले दुर्व्यवहार हुनेक्रम जारी छ र यो बड्दो क्रममा पनि छ । वर्ग, वर्ण, जाति, लिङ्ग र शारीरिक अवस्थालाई मध्यनजर नगरी उमेर समूहको आधारमा ज्येष्ठ नागरिकको दर्जा दिने कानुनी व्यवस्था छ । ज्येष्ठ नागरिक जो दूरदराजमा बस्छ, उनीहरूको छुट्टै पीडा व्यथा छ । सुगम र शहरमा बस्नेको छुट्टै पीडा छ ।

धनी, गरिब, शिक्षित, अशिक्षित, अपाङ्ग प्रत्येक ज्येष्ठ नागरिकको कहानी बेग्लै छ । यसरी ज्येष्ठ नागरिकको विविधतालाई उमेर समूहको एउटै टोकरीमा हाल्दा ज्येष्ठ नागरिकका मुद्दा यथोचित रूपमा सम्बोधन हुन गाह्रो हुन्छ । ज्येष्ठ नागरिकको परिभाषा दिने क्रममा उमेरलाई आधार मानिए पनि परिवार, समाज र राष्ट्रलाई पुयाएको योगदानको आधारमा ज्येष्ठ नागरिकका मुद्दा सम्बोधन गर्न सकेको खण्डमा ज्येष्ठ नागरिकले धेरै हदसम्म राहत पाउन सक्नेछन् । अहिलेका प्रत्येक वृद्घ–वृद्घाले आफ्नो पहिलो दायित्व परिवारबाट सुरु गरेका हुन्छन् । आफ्ना सन्तानको पालन पोषण, शिक्षा दीक्षा, सामाजिक दायित्व पूरा गर्दै राष्ट्रका लागि समर्पित भएर योगदान गरेका हुन्छन् । जब शारीरिक र मानसिक रूपमा अशक्त हुन्छन् तब परिवार, समाजमा अपहेलित र तिरस्कारको पात्र भएर बाच्नु परेको हुन्छ ।

  युवा वर्गले वृद्ध– वृद्धालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । एक आमाले १०÷१२ वटा शन्तानलाई जन्मदिई बराबरी माया, ममता र लालन पालन गर्न सक्छिन् तर ती मध्ये एउटा मात्र सन्तानले पनि आमाले दिएजस्तो माया र हेरचाह दिन सकेका हुँदैनन् । तिनै आमा वृद्ध अवस्थामा एक्लै हुन्छिन् वा परिवारमै भएता पनि बोझ र हेयको रुपमा जीवन यापन गरिरहेकी हुन्छिन् । एउटा बाबु आफ्ना सन्तानको उज्जल भविश्यको लागि ऋण काढी– काढी, आधा पेट खाएर शिक्षा, दीक्षा र लालन–पालन गराएका हुन्छन् ।  तिनै बाबु वृद्ध अवस्थामा बिरामी हुँदा उपचार नपाएर छट्पटाउनु पर्ने, दुई चार पैसा आवश्यक पर्दा छोरा छोरीलाई भन्न डराउनु र हिचकिचाउनु पर्ने, रुखो पचन सुन्नु पर्ने, पारिवारिक बोझको रुपमा बाच्नु पर्ने  देखिन्छ ।

यसको मुख्य कारण व्यक्ति वादी हुनु, म र मेरा सन्तानप्रति मात्र मेरो जिम्मेवारीको धारणाको विकास हुनु, सहरी भेगमा काममा व्यस्तताको कारण देखाई बाबु आमालाई वास्ता नगर्नु,  ग्रामीण भेगमा बुढाबुढीलाई गरिएको खर्च अनुत्पादन हुने मान्यता राख्नु केही कारण हुन् भने  केही छोरा बुहारीले बुवा आमा तथा सासु ससुरालाई प्रतिशोधको धारणा लिनु यावत कारणले गर्दा  बाबुआमालाई वृद्धाश्रमको जिम्मा लगाएको प्रशस्तै उदाहरण छन् । नेपाली जनशक्ति पैसाका लागि विदेशी आमा–बाबुको स्याहार, सम्हार गर्न जानेको लर्को छ । तर पैसा नपाइने हुँदा आफ्ना पूर्वज तथा बुवा– आमाको सेवा गर्ने धेरैलाई इच्छा छैन (केही अपवाद छाडेर) । आमा–बाबुले पैसा र धेरै सम्पत्ति कमाएर आफ्नै नाममा राखेका छन् भने त्यसको लोभमा त्यो सम्पति आफ्नो हातमा नपारेसम्म देखावटी सेवा गरेको पाइन्छ ।

बुवा– आमाको हेरचाह गर्न पनि नाफा र घाटाको तुलना गर्ने परिपाटी हाम्रै समाजमा देखिन्छ । नयाँ पुष्ताले पुरानो पुष्तालाई आफूले गरेको व्यवहार मेरा सन्ततिले पनि देखिरहेका छन्, म पनि बृद्ध हुनु पर्छ भन्ने कुराको कहिल्यै हेक्का गरेका हुँदैनन् ।   ज्येष्ठ नागरिक समाजका गहना हुन् भन्ने मान्यतालाई आत्मसात गरेर सामर्थ्यमा आधारित रोजगार सिर्जना गर्ने, योगदानमा आधारित सेवासुविधा राज्यले उपलब्ध गराउने, सीप र दक्षतालाई मध्यनजर गरेर सोहीअनुसार अवसर निरन्तर कायम गर्ने परिपाटी बसाल्ने हो भने ज्येष्ठ नागरिकहरू वृद्घाश्रममा रोएर बाच्नुपर्ने अवस्था आउने छैन । ज्येष्ठ नागरिकसम्बन्धी समस्याको समाधान गर्न जसरी ज्येष्ठ नागरिकले आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रप्रति समर्पण गरेको  हुन्छ ।

त्यसरी नै परिवार, समाज र राष्ट्रले दायित्व बहन गर्नुपर्ने परिस्थितिको निर्माण गर्नुपर्ने देखिन्छ । परिवारको हकमा कुनै रोजगार पेसा व्यवसाय गर्ने छोराछोरीले आफ्नो आम्दानीको केही प्रतिशत बाबुआमाको निश्चित बैङ्किङ खातामा जम्मा गर्ने व्यवस्था गर्ने हो भने र ज्येष्ठ नागरिकले पनि “हाम्रो पालामा यस्तो खाना खान्थ्यौ, यस्तो लुगा लगाउँथ्यौँ, यसरी हिड्थ्यौँ, यसरी काम गर्थ्यौँ” यावत कुरा भन्नु भन्दा पनि परिवेश र परिस्थिति अनुसार थोरै परिवर्तित भई चल्ने प्रयास गर्ने, त्यस्तै समाजले ज्येष्ठ नागरिकको ज्ञान, सीप दक्षतालाई ग्रहण गर्दै सम्मान गर्ने, राष्ट्रले ज्येष्ठ नागरिकका सम्पूर्ण सेवासुविधाको व्यवस्था गर्ने हो भने ज्येष्ठ नागरिक सम्मानपूर्वक बाँच्न पाउने छन् ।

(लेखिका वाणगंगा नगरपालिका कपिलवस्तुका  महिला तथा वालवालिका शाखा प्रमुख हुनु हुन्। )


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार